जम्मु एयरफोर्स स्टेशनमा ड्रोन आक्रमण, भारतीय लडाकु जहाज निशानामा भएको आशंका
काठमाडौं। भारतको जम्मुस्थित वायुसेनाको एयरबेसमा ड्रोन आक्रमण भएको छ । विमानस्थलको टेक्निकल एरियामा भएको विष्फोटमा २ जवान घाइते भएका छन् । समाचार एजेन्सी एएनआइका अनुसार यहाँ ५ मिनेटको फरकमा २ विष्फोट भए । पहिलो विष्फोट परिसरको भवनको छतमा र दोस्रो तल भयो । एएनलाईले सूत्रको अवाला दिँदै विष्फोट गराउन २ वटा ड्रोन प्रयोग गरिएको बताएको छ ।
विष्फोट कसले गराएको हो भन्ने प्रस्ट छैन । एयरबेसमा राखिएका लडाकु विमान आक्रमणको निशाना भएको आशंका गरिएको छ । विष्फोटको आवाज निकै टाढासम्म सुनिएको थियो । गएराती करिब पौने २ बजे विष्फोट भएको थियो । विष्फोट भएको स्थानमा भारतीय वायुसेनाको स्टेशन मुख्यालय छ । जम्मुको मुख्य विमानस्थल पनि यही परिसरभित्र पर्छ । यसको जाँचको लागि वायुसेनाको उच्चस्तरीय टिम बनाइएको छ ।







डिसी नेपाल








Facebook Comment