विद्यालयको मैदानमा ७ सय ६१ जना विद्यार्थीको शव गाडिएको चिहान भेटियो

डिसी नेपाल
१३ असार २०७८ १५:१९
3.5k
Shares

काठमाडौं। क्यानडाको दक्षिणी साकात्चेवानमा एक पूर्व आवासीयको परिसरमा एक सामूहिक चिहानमा ७ सय ६१ जना बालबालिकाको शवको अवशेष भेटिएको छ । कामलुप्समा रहेको अर्को एक यस्तै विद्यालयको परिसरमा केही हप्ताअघि मात्रै २ सय १५ बालबालिकाको सामूहिक चिहान भेटिएलगत्तै यो अर्को सामूहिक चिहान भेटिएको हो ।

बिहीबार कावेसेस फर्स्ट नेशन नामको संस्थाले फेला पारेको यो चिहान अहिलेसम्मकै सबैभन्दा ठूलो यस किसिमको सामूहिक चिहान भएको द सनको रिपोर्टमा उल्लेख छ । यो संस्थाले क्यानडामा केही दशक पहिले भएको सांस्कृतिक नरसंहारको खोजी गरिरहेको छ । काम्लुम्समा बालबालिकाको सामूहिक चिहान फेला परेपछि यो संस्थाले अरु चिहान खोज्न जमिन छेड्न सक्ने राडार प्रयोग गरेर खोजी गरिरहेको थियो ।

कावेसेसका प्रमुख क्याडमस डेलोर्मेले पत्रकारहरुसँग कुरा गर्दै मारिएभल इण्डियन आवासीय विद्यालयमा रहेका सामूहिक चिहानमा पहिचानका लागि राखिएका चिन्हहरु नियतवश हटाइएको बताएका छन् । पत्रकार सम्मेलनमा सोचेरियन इण्डिजेनस फर्स्ट नेशन संस्थाका प्रमुख क्यामरन बबीले भने ‘यो मानवताविरुद्धको अपराध थियो । फर्स्ट नेशन्समाथिको हिंसा थियो ।’

मारिएभल इण्डियन आवासीय विद्यालय रोमन क्याथोलिक चर्चले १८९९ देखि १९९७ सम्म चलाएको थियो । यो सकुल क्यानडा सरकारले पैसा दिएर चलाइरहेको स्कुल थियो । ९ वर्षअघि कामलुप्स इण्डियन आवासीय विद्यालय फरक समुदायका बालबालिकालाई समाजमा आत्मसात गराउने उद्देश्यले स्थापना गरिएको थियो ।

१ लाख ५० हजार भन्दा धेरै फरक समुदायका बालबालिकालाई परिवारबाट खोसेर यी स्कुलमा राखेर शारीरिक, मानसिक र यौनजन्य यातना दिइएको विश्वास गरिन्छ । विद्यार्थीहरुलाई आफ्नो मातृभाषा बोल्न प्रतिबन्ध थियो र उनीहरुले फेरि परिवारसँग कहिल्यै भेट्न नपाउने कुरा आम थियो । यी स्कुलमा करिब ६ हजार विद्यार्थी मारिएको विश्वास गरिन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *