इजरायलपछि अब अर्को देशले पनि मास्क लगायत कोरोनासम्बन्धी सबै प्रतिबन्ध हटायो

डिसी नेपाल
१३ असार २०७८ १६:०७
2.1k
Shares

काठमाडौं। आइसल्याण्ड कोरोनाभाइरससम्बन्धी सबै प्रतिबन्ध हटाउने युरोपकै पहिलो देश बनेको छ । यो उत्तर एटलान्टिक देशले शनिबारदेखि देशभित्र सबै किसिमका प्रतिबन्धहरु हटाएको छ । देशका प्रमुख महामारीविद पोरोल्फु गुओनासोनको सिफारिसपछि सबै प्रतिबन्ध हटाइएको हो ।

आइसल्याण्डको अखबार मोर्गुनब्लाडिडका अनुसार आगामी जुलाइ १ देखि देशमा देशबाहिरबाट आउनेहरुका लागि पनि खुकुलो पारिँदैछ । जुलाइ १ पछि आउनेहरुले आफूलाई यसअघि कोभिड संक्रमण भएर निको भएको वा युरोपेली औषधि नियामक निकाय, वा विश्व स्वास्थ्य संगठनबाट स्वीकृति प्राप्त खोप लगाएको वैधानिक कागजात देखाएका सीमामा उनीहरुको जाँच गरिने छैन । जुलाइ १ देखि नै २००५ भन्दा पछि जन्मिएका बालबालिकाको पनि सीमामा जाँच हुने छैन ।

पहिले संक्रमण भएको वा स्वीकृति प्राप्त खोप लगाएको वैधानिक प्रमाण पेश गर्न नसक्ने यात्रुहरुले भने पीसीआर टेस्टको नेगेटिभ रिपोर्ट पेश गर्नुपर्नेछ । उनीहरुको सीमामा परीक्षण पनि हुनेछ, ५ दिन क्वारेन्टाइनमा बस्नु पर्नेछ र त्यसपछि दोस्रो पटक परीक्षण गरिनेछ । सीमामा यो नियम अगष्ट १५ सम्म लागू रहनेछ ।

अहिलेसम्म आइसल्याण्डका १६ वर्षभन्दा माथिका ८७ प्रतिशत जनताले कम्तीमा एक डोज खोप लगाइसकेका छन् । ६० प्रतिशतले दुवै डोज खोप लगाइसकेका छन् । यससँगै आजदेखि अब आइसल्याण्डमा मास्क लगाउन, दूरी कायम गर्न अनिवार्य हुने छैन र मानिसहरु जम्मा हुने संख्यामा पनि कुनै सीमा हुने छैन । फिटनेस सेन्टर, स्विमिङ पुल, स्टोर, रेस्टुरेन्ट, नाइट क्लव र बारहरु कुनै प्रतिबन्धबिना चल्न सक्नेछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *