१० वर्षकै उमेरमा गर्भवती भएकी बालिकाले स्वस्थ बच्चा जन्माइन्
काठमाडौं। १० वर्षको कलिलो उमेरमै गर्भवती भएकी बालिकाले स्वस्थ बच्चा जन्माएकी छिन् । ११ वर्षको उमेरमा उनले बच्चा जन्माएकी हुन् । उनी बेलायतको इतिहासमै सबैभन्दा कम उमेरकी आमा भएको विश्वास गरिएको छ । उनले यो महिनाको सुरुवातमा बच्चा जन्माएको बेलायती अखबार द सनले जनाएको छ । ३० हप्ताभन्दा धेरै समयको गर्भपछि जन्मिएका बच्चा र आमा दुवै स्वस्थ छन् ।
बालिकाको परिवारलाई उनी कसरी गर्भवती भइन् भन्ने विषयमा थाहा छैन । सामाविक सेवा र काउन्सिल प्रमुखहरुले यस विषयमा अनुसन्धान गरिरहेका छन् । उनको परिवारलाई चिनेका एक स्रोतले भने ‘यो निकै ठूलो झट्काको रुपमा आएको थियो । अहिले उनी विशेषज्ञ सहयोगीहरुबाट घेरिएकी छिन् । सबैभन्दा मुख्य कुरा आमा र बच्चा स्वस्थ छन् । मानिसहरुलाई यसबारे किन थाहा भएन भन्ने प्रश्नहरु उठेका छन् जुन धेरै चिन्ताजनक छ ।’
यसअघि बेलायतकी सबैभन्दा कान्छी आमा ट्रेसा मिडलटन थिइन् । उनले १२ वर्षको उमेरमा २००६ मा बच्चा जन्माएकी थिइन् । सन डक्टर क्यारोल कुपरले भनिन् ‘यी मैले सुनेका मध्ये सबैभन्दा कान्छी आमा हुन् । बालिका गर्भधारण गर्न सक्ने हुने समय औसतमा ११ वर्ष हुन्छ तर यो ८ देखि १४ वर्षसम्म जुनसुकै बेला पनि हुन सक्छ । तौलले धेरै हर्मोनहरुलाई प्रभाव पार्छ । धेरै तौल भएका बालिकामा यो क्षमता छिटो विकास हुन्छ ।’







डिसी नेपाल







Facebook Comment