पोर्चुगलविरुद्ध बेल्जियमको अग्रता

डिसी नेपाल
१४ असार २०७८ १:३४
584
Shares

काठमाडौं। युईएफए युरो २०२० फुटबल नकआउट चरणको चौंथो खेलमा अहिले दुई उपाधि दाबेदार टिम पोर्चुगल र बेल्जियमबीच प्रतिस्प्रधा भइरहेको छ।

स्पेनको सेभियामा जारी खेलको पहिलो हाफ सकिदा बेल्जिमले अग्रता लिएको छ।

थोग्रन हजार्डले ४२ औं मिनेटमा उत्कृष्ट गोल गर्दै बेल्जियमलाई १ – ० को अग्रता दिलाएका हुन।

Image

खेलको ६ औं मिनेटमा डिएगो जोटाले गोल गर्ने अवसर पाएका थिए। पेनाल्टी बक्स भित्रबाट उनले गरेको प्रहारले सहि दिशा लिन सकेन।

Image

पहिलो हाफको २५ औं मिनेटमा  पोर्चुगलले डिबक्स लाइनको नजिकै फ्रिकिक पाएको थियो। उक्त फ्रिकिकमा कप्तान क्रिस्टियानो रोनाल्डोको प्रहार बेल्जियमका किपरले बचाव गरेका थिए।

Image

 

आज दुबै टिम जित निकाल्दै क्वाटरफाइनलमा स्थान सुनिश्चित गर्न चाहान्छन।

बेल्जियम समूह ’बी’ मा शतप्रतिशत जित निकाल्दै समूह विजेताका रुपमा नकआउट चरणमा प्रवेश गरेको हो।

पोर्चुगलले भने समूह ’एफ’ बाट उत्कृष्ट तेस्रो स्थानको टिमका रुपमा नकआउट चरणमा स्थान बनाएको हो। पोर्चुगलले समूह चरणका ३ खेलमा एक जित, एक बराबरी र एक हारका साथ नकआउटमा प्रवेश गरेको हो।

खेलको विजेताले क्वाटरफाइनलमा इटालीसँग प्रतिस्प्रधा गर्ने छ। अष्ट्रियालाई २ – ० गोलअन्तरले पराजित गर्दै इटाली क्वाटर फाइनलमा प्रवेश गरिसकेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *