डिफेन्डिङ च्याम्पियन पोर्चुगललाई पराजित गर्दै बेल्जियम क्वाटरफाइनलमा

डिसी नेपाल
१४ असार २०७८ २:४२
1.9k
Shares

काठमाडौं। युईएफए युरो २०२० फुटबलमा डिफेण्डिङ च्याम्पियन पोर्चुगललाई पराजित गर्दै बेल्जियम क्वाटरफाइनलमा प्रवेश गरेको छ।

स्पेनको सेभियामा आइतबार राति सम्पन्न खेलमा पोर्चुगललाई १ – ० गोल अन्तरले पराजित गर्दै बेल्जियम क्वाटरफाइनलमा प्रवेश गरेको हो।

बेल्जियमका लागि थोग्रन हजार्डले एक गोल गरे। हर्जाडले पहिलो हाफको ४२ औं मिनेटमा उत्कृष्ट गोल गर्दै बेल्जियमलाई १ – ० को अग्रता दिलाएका थिए।

उक्त गोल नै बेल्जियमलाई जित दिलाउन निर्णायक बन्यो।

Image

प्रतिस्प्रधात्मक बनेको खेलमा पोर्चुगलले धेरै गोल गर्ने अवसर सिर्जना गरे पनि गोल भने गर्न सकेन।

खेलको छैटौं मिनेटमा डिएगो जोटाले गोल गर्ने अवसर पाएका थिए। पेनाल्टी बक्स भित्रबाट उनले गरेको प्रहारले सहि दिशा लिन सकेन।

Image

 

पोर्चुगलले पहिलो हाफको २५ औं मिनेटमा डिबक्स लाइनको नजिकै फ्रिकिक पाएको थियो। उक्त फ्रिकिकमा कप्तान क्रिस्टियानो रोनाल्डोको प्रहार बेल्जियमका किपरले बचाव गरेका थिए।

Image

खेलको ५८ औं मिनेटमा पुन ः डिएगो जोटा गोल गर्न चुके। रोनाल्डोले उपलब्ध गराएको उत्कृष्ट पासलाई जोटाले गोलमा परिणत गर्न सकेनन्।

Felix Brych shows a yellow card to Pepe (Portugal) for a tough tackle.

 

दोस्रो हाफको ८२ औं मिनेटमा रोबिन डियासले कर्नरमा प्रहार गरेको बल किपरले उत्कृष्ट बचाव गरेका थिए। त्यसको एक मिनेट पछि ८३ औं मिनेटमा राफाएल गुरारोले प्रहार गरेको बल गोलपास्टमा लागेर रिबाउण्ड भएको थियो।

Image

दोस्रो हाफको सुरुवातमा नै बेल्जियमका स्टार मिडफिल्डर केभिन डि ब्रुयनले चोटका कारण मैदान छोडेका थिए।

जितसँगै बेल्जियमले क्वाटरफाइनलमा इटालीसँग प्रतिस्प्रधा गर्ने छ। अष्ट्रियालाई २ – ० गोलअन्तरले पराजित गर्दै इटाली क्वाटर फाइनलमा प्रवेश गरिसकेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *