ब्राजिल अपराजित रहँदै क्वाटरफाइनलमा

डिसी नेपाल
१४ असार २०७८ ५:१५
1.9k
Shares

काठमाडौं। कोपा अमेरिका फुटबलमा आयोजक ब्राजिलले समूह चरणमा अपराजित रहँदै समूह विजेताका रुपमा क्वाटरफाइनलमा स्थान पक्का गरेको छ।

ओलम्पिक स्टेडियममा आइतबार राति सम्पन्न समूह चरणको अन्तिम खेलमा ब्राजिलले इक्वेडरसँग १ – १ गोलको बराबरी खेल्दै अंक बाडेको छ।

Image

ब्राजिलका लागि ईडर मिलिटाओले एक गोल गरे भने इक्वेडरका एंजेल मेनाले एक गोल फर्काए।

पहिलो हाफको ३४ औं मिनेटमा एर्भटनको पासमा हेडरमार्फत गोल गर्दै ईडर मिलिटाओले ब्राजिललाई १ – ० को अग्रता दिलाएका थिए।

Image

दोस्रो हाफको ५३ औं मिनेटमा ईक्वेडरका एंजेल मेनाले गोल गर्दै खेल १ – १ को बराबरीमा ल्याए।

Image

यो बराबरीसँगै ब्राजिल समूह चरणमा अपराजित रहँदै समूह विजेतको रुपमा क्वाटरफाइनलमा प्रवेश गरेको छ। ब्राजिल समूह ’बी’ को शीर्ष स्थानमा छ। समूह चरणका ४ खेलमा ब्राजिलले ३ खेलमा जित र १ खेलमा बराबरीसँगै १० अंक जोडेको छ।

ब्राजिल यसअघि नै क्वाटरफाइनलमा प्रवेश गरिसकेकोले यो खेलमा नेयमार लगाएत केही मुख्य खेलाडीहरुलाई भने आराम दिइएको थियो।

यो बराबरीसँगै इक्वेडर पनि क्वाटरफाइनलमा प्रवेश गरेको छ। ४ खेलमा ३ अंक जोडेको इक्वेडर समूहको चौंथो स्थानमा छ।

यस्तै आइतबार नै भएको अर्को खेलमा पेरुले भेनेजुएलालाई १ – ० गोलअन्तरले पराजित गरेको छ।

Image

पेरुलाई जित दिलाउन आन्द्रे क्यारिलोले गोल गरे। दोस्रो हाफको ४८ औं मिनेटमा क्यारिलोले गरेको गोल पेरुलाई जित दिलाउन प्रयाप्त बन्यो।

Image

यो जितसँगै पेरु समूहको दोस्रो नम्बरमा उक्लिएको छ। पेरुले ४ खेलमा ७ अंक बटुलेको छ।

जित्नै पर्ने खेलमा पराजित भएपछि भेनेजुएला भने प्रतियोगिताबाट बाहिरीएको छ। ४ खेलमा २ अंक जोडेको पेरु समूहको पुछारमा छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *