एयरबेसमा ड्रोन आक्रमण भएको जम्मुमा सैन्य बेसमाथि पनि ड्रोन उड्न थाले
काठमाडौं। जम्मु एयरबेसमा ड्रोन आक्रमण भएको २ दिनपछि पुनः यहाँको कालचुक मिलिट्री स्टेशनमा २ ड्रोन उडेका देखिएका छन् । सेनाले ती ड्रोन खसाउन गोली हाने पनि तिनीहरु अँध्यारोमा हराएका छन् । सेनाले पूरै क्षेत्रमा ठूलो परिमाणमा सर्च अभियान चलाइरहेको छ । दूरदर्शनका अनुसार आइतबार राती साढे ११ बजे र बिहान साढे १ बजे सैन्य बेसमाथि आकाशमा अनम्यान्ड एरियल भेहिकल देखिएका थिए । यसलगत्तै सेना हाइअलर्टमा छ ।
२ दिन पहिले शनिबार र आइतबारको राती जम्मु एयरफोर्स स्टेशनमा ड्रोन आक्रमण भएको थियो । यो आक्रमणमा एयरफोर्स स्टेशनको छत क्षतिग्रस्त भएको छ र २ जवान घाइते भएका छन् । ड्रोनमार्फत एयरबेसभित्र २ वटा आइइडी खसालिएका थिए । यो भारतीय सैन्य बेसमा भएको यस किसिमको पहिलो आक्रमण हो । भारतीय वायु सेनाका जहाज नजिकै विष्फोट भएको थियो । यो स्थान अन्तर्राष्ट्रिय सीमाबाट १४ किलोमिटर टाढा छ ।







डिसी नेपाल







Facebook Comment