किम जोंग उन दुब्लाएको देखेर उत्तर कोरियाका जनता रोए
काठमाडौं। उत्तर कोरियाली सर्वोच्च नेता किम जोंग उन दुब्लाएपछि उत्तर कोरियाका जनता चिन्तामा परेका छन् । पछिल्लो समय सार्वजनिक भएका भिडियो फुटेजमा किम निकै दुब्लाएका देखिएका छन् । उत्तर कोरियाको सरकारी मिडियासँग प्योंगयांगका एक स्थानीयले कुरा गर्दै किम दुब्लाउँदा उत्तर कोरियाका सबै चिन्तित भएको बताएका छन् । जुनको सुरुवातमा विदेशी विश्लेषकहरुले किमको तौल उल्लेख्य घटेको जनाए लगत्ते उनको स्वासथ्यबारे यस्तो प्रतिक्रिया आएको हो ।
‘सम्मानित महासचिव (किम जोंग उन) लाई यसरी दुब्लाएको देख्दा हामे मुटु छियाछिया हुन्छ’ ती स्थानीयले सरकारी प्रसारक केआरटीलाई दिएको एक अन्तरवार्तामा भने । यो अन्तरवार्ता शुक्रबार प्रसारण भएको थियो । ‘सबैले आफ्नो आँसु झरेको बताएका छन्’ ती स्थानीयले अगाडि भने । समाचार एजेन्सी रोयटर्सका अनुसार सार्वजनिक भएको एउटा क्लिपमा प्योंगयांगका जनताले एउटा ठूलो स्क्रिन हेरिरहेको देख्न सकिन्छ ।
स्क्रिनमा एउटा कन्सर्ट भइरहेको देखिन्छ । यो कन्सर्टमा किम जोंग उन सहभागी भएका थिए । कोरोयाको वर्कर पार्टीको बैठकपछि भएको यो कन्सर्टमा किमसहित पार्टीका अरु नेताहरु पनि सहभागी थिए । समाचारमा किमको तौल किन घट्यो भन्ने खुलाइएको छैन । जूनमा किम सार्वजनिक कार्यक्रममा देखिएपछि एनके न्यूजका एक विश्लेषकले किमको हातेघडी पहिलेभन्दा पातलो नाडीमा पहिलेभन्दा कसिलो गरी बाँधिएको नोट गरेका थिए ।
उत्तर कोरियामा शक्तिमाथि किमको बलियो पकडका साथै उनको उत्तराधिकारीका विषयमा अहिलेसम्म कायम अनिश्चितताका कारण अन्तर्राष्ट्रिय मिडिया, जासुसी एजेन्सी र विशेषज्ञले उनको स्वासथ्य ध्यानपूर्वक हेरिरहेका छन् । गत वर्ष किम आफ्ना हजुरबुवा किम इल सुंगको जन्मजयन्तिमा उपस्थित नभएपछि उनको स्वास्थ्यबारे धेरै अड्कलबाजी गरिएका थिए ।







डिसी नेपाल







Facebook Comment