अपराजित रहँदै अर्जेन्टिना क्वाटरफाइनलमा

डिसी नेपाल
१५ असार २०७८ ७:४६
828
Shares

काठमाडौं। ब्राजिलमा जारी कोपा अमेरिका फुटबलमा अर्जेन्टिना अपराजित रहँदै क्वाटरफाइनलमा प्रवेश गरेको छ।

एरिना पन्टानलमा मंगलबार बिहान सम्पन्न समूह चरणको अन्तिम खेलमा बोलिभियालाई ४ – १ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना समूह विजेताका रुपमा अपराजित रहँदै क्वाटरफाइनलमा प्रवेश गरेको हो।

अर्जेन्टिनाका लागि कप्तान लियोनल मेस्सीले दुई गोल गरे भने अजेजेन्ड्रो गोमेज र लटारो मार्टिनेजले एक एक गोल गरे।

बोलिभियाका एरिवन सावेन्द्राले एक गोल फर्काए।

 

पहिलो हाफको छैटौं मिनेटमा अजेजेन्ड्रो गोमेजले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए। कप्तान लियोनल मेस्सीले दिएको सुन्दर पासलाई सदुपयोग गर्दै अजेजेन्ड्रो गोमेजले अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए।

What a goal! Lionel Messi plays it to Alejandro Gomez (Argentina), who finds himself unmarked inside the box and slots a first-time shot past Carlos Lampe into the top right corner. 0:1.

३३ औं मिनेटमा विपक्षी खेलाडीले डिबक्सभित्र फउल गरेपछि अर्जेन्टिनाले पेनाल्टी पाएको थियो। उक्त पेनाल्टीमा लियोनल मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई २ – ० को अग्रता दिलाए।

Image

पहिलो हाफको अन्तिम समय ४२ औं मिनेटमा सर्जियो अगुएरोले दिएको पासमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै ३ – ० को अग्रता दिलाएका थिए।

दोस्रो हाफको ६० औं मिनेटमा एरिवन सावेन्द्राले गोल गर्दै बोलेभियालाई खेलमा फर्काउने प्रयास गरेका थिए।

Goal! Leonel Justiniano provides Erwin Saavedra (Bolivia) with a nice pass inside the box. It allows him to finish with a precise effort into the top right corner. 1:3.

तर, लटारो मार्टिनेजल खेलको ६५ औं मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई ४ – १ को जित दिलाए।

Image

समूह ’ए’ मा रहेको अर्जेन्टिना यसअघि नै क्वाटर फाइनलमा पुगिसकेको थियो। यो जितसँगै अर्जेन्टिना १० अंक जोडेर शिर्ष स्थानमा छ। समूह चरणका ४ खेलमा ३ जित र १ खेलमा बराबरी खेलेको अर्जेन्टिनाले अपराजित रहँदै क्वाटरफाइनलको यात्रा तय गरेको हो।

अर्जेन्टिनाले अब क्वाटरफाइनलमा इक्वेडरसँग ४ जुलाईमा खेल्ने छ।

पराजित बोलिभिया भने यस अघि नै प्रतियोगिताबाट बाहिरिसकेको छ। अंक विहीन बोलिभिया समूहको पुछारमा रहँदै प्रतियोगिताबाट बाहिरीएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *