इंग्ल्याण्ड र जर्मनीको पहिलो हाफ गोलरहित बराबरी

डिसी नेपाल
१५ असार २०७८ २२:३४
416
Shares

काठमाडौं। युईएफए युरो २०२० मा अहिले दुई उपाधि दाबेदार टिमहरु इंग्ल्याण्ड र जर्मनीबीच प्रतिस्पर्धा भइरहेको छ।

लण्डनस्थित वेम्बली स्टेडियममा जारी खेलको पहिलो हाफ गोलरहित बरबरीमा सकिएको छ।

पहिलो हाफमा दुवै टिमले गोल गर्ने धेरै अवसर सिर्जना गर्न सकेनन। दुवै टिमले डिफेन्सिभ खेल खेलेका कारण पहिलो हाफ गोलरहित बराबरीमा सकिएको हो।

रहिम स्ट्रलिङले १६ औं मिनेटमा पेनाल्टी बक्स बाहिरबाट प्रहार गरेको लङ रेञ्ज प्रहार जर्मनीका गोलकिपर म्यानुएल नोएरले उत्कृष्ट बचाव गरेका थिए।

Image

खेलको ३४ औं मिनेटमा टिमो वर्नरले पेनाल्टी बक्स भित्र पाएको पासमा गोल गर्न चुके। उनले गरेको प्रहार इंग्ल्याण्डका गोलकिपर जोर्डन पिकफोर्डले चनाखो हुँदै बचाव गरेका थिए।

Image

पहिलो हाफको अन्तिम समयमा इंग्ल्याण्डका ह्यारी केनले गोल गर्ने अवसर पाए पनि गोल गर्न भने सकेनन।Imageआज दुबै टिम जित निकाल्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्न चाहन्छन्।

इंग्ल्याण्डले समूह ’डी’ बाट अपराजित रहदै समूह विजेताको रुपमा नकआउट चरणमा स्थान बनाएको थियो। समूह चरणका तीन खेलमा इंग्ल्याण्डले २ खेलमो जित र १ खेलमा बराबरीको नतिजा हासिल गरेको थियो।

जर्मनीले समूह ’एफ’ बाट उपविजेता बन्दै नकआउट चरणमा स्थान बनाएको हो। जर्मनीले समूह चरणका तीन खेलमा जर्मनीले एक खेलमा जित, एक बराबरी र एक हार बेहोरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *