इजरायली विदेश मन्त्री युएईको भ्रमणमा

डिसी नेपाल
१५ असार २०७८ २२:३८
44
Shares

अबुधाबी । इजरायलका विदेश मन्त्री याईर लापिड मङ्गलबार युनाइटेड अरब इमिरेट्स (युएई) को औपचारिक भ्रमणका लागि अबुधाबी आइपुगेका छन् । युएईको भ्रमण गर्ने उनी इजरायलको हालसम्मकै सबैभन्दा उच्च पदाधिकारी छन्।

लापिडको कार्यालयले जारी गरेको विज्ञप्तिमा लापिडको प्रतिनिधिमण्डलमा विदेश मन्त्रालयका महानिर्देशक एलोन उस्पिज र अन्य पदाधिकारीहरु रहेको उल्लेख छ ।

दुई दिने यस भ्रमणका अवधिमा लापिडले युएईको राजधानी अबुधाबीमा इजरायलको नवस्थापित राजदूतावास तथा दुबईको कन्सुलेटको उदघाटन गर्नेछन् ।

येस अटिड पार्टीका नेता समेत रहेका विदेश मन्त्री लापिड हालको इजरायली गठबन्धनको सरकार बनाउने प्रमुख व्यक्ति समेत हुन् । इजरायल र युएईले सन् २०२० को सेप्टेम्बरमा अमेरिकी मध्यस्थतामा सम्बन्ध सामान्यीकरण सम्झौतामा हस्ताक्षर गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *