रुपन्देहीमा कार दुर्घटनामा परी काँग्रेस नेता भण्डारीका भाईको मृत्यु

डिसी नेपाल
१६ असार २०७८ ०:११
3.9k
Shares

काठमाडौं । रुपन्देहीमा कार दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । रुपन्देहीको देवदह नगरपालिका १० चरङ्गेबाट बुटवलतर्फ आउँदै गर्दा भित्री सडकमा लु १७ च ६०६६ नम्बरको कार दुर्घटनामा परी गुल्मीका डा. शंकर भण्डारीको मृत्यु भएको हो ।

भण्डारी आफैंले चलाएको कार कल्भर्डमा खसेर दुर्घटना भएको लुम्बिनी प्रादेशिक ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी जवान सञ्जय कुमार यादवले जानकारी दिए । दुर्घटनापछि गम्भीर घाइते भण्डारीलाई उपचारका लागि बुटवलस्थित लुम्बिनी हृदयरोग तथा मुटु अस्पतालमा ल्याएलगत्तै चिकित्सकहरुले मृत घोषणा गरेका थिए । त्रिविका सहप्राध्यापक समेत रहेका मृतक भण्डारी काँग्रेस नेता चन्द्र भण्डारीका कान्छा भाई हुन् ।

कारमा सँगै रहेका भण्डारी आफन्त थानेश्वर भण्डारी भने घाइते भएका छन् । उनको गौतम बुद्ध अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.