‘विश्वासको मत प्राप्त गर्न नसक्ने भएपछि संसदमा जानु पर्दैन’

डिसी नेपाल
१६ असार २०७८ १२:५९
168
Shares

काठमाडाैं। प्रतिनिधिसभा विघटन विरुद्ध परेको रिटमा आज पनि सरकारी वकिलको बहस जारी छ। बुधबार सरकार पक्षबाट सहन्यायाधिवक्ता गोपालप्रसाद रिजालले सुरुमै बहस गर्दै प्रधानमन्त्रीले संसदमा बिश्वासको मत पाउन नसक्ने निश्चित भएपछि संसदमा जानु नपर्ने दावी गरेका छन्।

उनले धारा ७६(३) मा नियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नपाउने निश्चित भएपछि उपधारा ५ बमोजिमको सरकार गठन गर्न रास्ट्रपति समक्ष गएको तर्क गरे।

संसदमा आफूले बिश्वासको मत प्राप्त गर्न नसक्ने निश्चित भएपछि संसदमै जानूनपर्ने उनको दाबी छ। उनले १५ मिनेट बहस गरेका थिए। सरकारी वकिललाई आज बहसको लागि ५५ मिनेट समय दिएको छ। सो समय सक्किएपछि प्रधानमन्त्री ओलीको कानुन ब्यवसायीले बहस गर्ने छन्। उनीहरुको लागि ७ घन्टा समय निर्धारण गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.