पूर्व राजा ज्ञानेन्द्रले भनेः चर्का नारा घन्काए पनि जनताले सुख पाएनन्
पूर्व राजा ज्ञानेन्द्र शाह। फाइल फाेटाे।
काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाहले चर्का नारा घन्काएर जति नै राजनीतिक रुपान्तरण गरे पनि जनताले सुख नपाएको बताएका छन्। बुधबार एक विज्ञप्ति जारी गर्दै उनले भनेका छन्, ‘आफ्ना मूल्य, मान्यता तथा अस्तित्वलाई समाप्त पार्ने तर सही सिर्जना र सार दिन नसक्ने, आज नेपाली जनताको मन अशान्त रहेको छ। कोरोनाको खोप उपचार पाउन नसकेका कतिपय नेपाली निराश छन्। यसैगरि देशमा वर्षादको यो समय प्राकृतिक विपद्को वेदना पनि उत्तिकै छ – जनजीवन दुःखद् छ।’
पूर्वराजा ज्ञानेन्द्रले आफ्नो जन्म दिन पनि नमनाउने जानकारी दिएका छन्। उनले यही असार २३ गतेको आफ्नो जन्म दिन नपाउने बताएका हुन्।
ज्ञानेन्द्रकाे विज्ञप्ति
नेपाली दिदी बहिनी तथा दाजूभाइहरू,
आजको विश्व एकतर्फ नयां ज्ञान विज्ञान र अत्याधूनिक प्रविधिको विकासमा अघि बढी रहेको छ भने दूर्भाग्यवश हाम्रो जीवन र जगतलाई विविध प्रकारका नयां रोग व्याधि र महामारीले सताई रहेको छ । यही क्रममा यसै वर्षको प्रारम्भिक चरणमा हामी पनि अस्वस्थ रह्यौं । सहयोगी स्वास्थ्यकर्मीहरुको कर्तव्यपुर्वक उपचार, शूभेच्छुकहरूको शूभकामना र याचनाकै कारण हाम्रो स्वास्थ्यमा सूधार आएको छ ।
राजनीति, राज्य प्रणाली एवं राजकाजको प्रवन्ध र व्यवस्थापन संक्रमण, संकट र अन्यौलको अवस्थामा देखा परेको छ । परिवर्तन र अग्रगमनका चर्का नारा घन्काएर जतिनै रुपान्तरण गरे पनि जनताले ठोस सूख सूविधा नपाइरहेको बूझिएको छ । आफ्ना मुल्य, मान्यता तथा अस्तित्वलाई समाप्त पार्ने तर सही सिर्जना र सार दिन नसक्ने, आज नेपाली जनताको मन अशान्त रहेको छ । कोरोनाको खोप उपचार पाउन नसकेका कतिपय नेपाली निराश छन् । यसै गरि देशमा वर्षादको यो समय प्राकृतिक विपद्को वेदना पनि उत्तिकै छ – जनजीवन दुःखद् छ ।
जनतामा पैदा भएको निराशा तथा भोग्नू परेको पिडालाई ध्यानमा राख्दै हामीले यही असार २३ गतेको जन्मदिनलाई उत्सवकारुपमा नमनाउने निर्णय गरेका छौं । सबै नेपाली र देशी विदेशी शूभचिन्तकहरुबाट प्रकट हूने सद्भाव तथा शूभकामनाप्रति हाम्रो हार्दिक धन्यवाद छ ।
श्री पशूपतिनाथले हामी सबैको कल्याणा गरून् ।
जय नेपाल
२०७८ साल असार १८ गते








डिसी नेपाल








Facebook Comment