इटलीको दूतावासबाट १ हजार शेनजेन भिसाको स्टिकर चोरी

डिसी नेपाल
१६ असार २०७८ १७:१८
3.4k
Shares

काठमाडौं। पाकिस्तानस्थित इटलीको दूतावासबाट १ हजार शेनजेन भिसाको स्टिकर चोरी भएको छ । पाकिस्तानको विदेश विभागले मंगलबार यसको जानकारी दिएको हो । विदेश विभागका प्रवक्ता जाहिद हफिज चौधरीले मिडियासँगको कुराकानीमा इटलीको कुटनैतिक मिशनले विदेश मन्त्रालयलाई भिसा स्टिकरको चोरी भएको सूचना दिएको छ । त्यसपछि यो जानकारी तत्काल सम्बन्धित निकायहरुलाई दिइयो ।

चौधरीका अनुसार इस्लामाबादस्थित इटलियन दूतावासले यस महिना उसको लकरबाट चोरी भएका करिब १ हजार शेनजेन भिसा स्टिकरको खोजी गरिदिन पाकिस्तानी अधिकारीहरुलाई सहयोगका लागि सम्पर्क गरेको थियो । चौधरीले भने ‘सूचनालाई उचित कारवाहीको लागि तत्काल सम्बन्धित अधिकारीहरुसँग साझा गरियो ।’ चोरी भएका स्टिकरहरुको क्रमांक आइटिए ०४१९१३२५१ देखि आएटिए ०४१९१४००० सम्म छ । अन्य २५० स्टिकरहरुमा क्रमांक संख्या आइटिए ०४१९१ ५७५१ देखि आइटिए ०४१६००० सम्म छ ।

शेनजेन भिसा २६ युरोपेली देशमा वैध छ । अर्थात इटलीको शेनजेन भिसा लिएका व्यक्ति युरोपमा अस्ट्रिया, बेल्जियम, चेक रिपब्लिक, डेनमार्क, उस्तोनिया, फिनल्याण्ड, फ्रान्स, जर्मनी, ग्रिस, हंगेरी, आइसल्याण्ड, इटली, लात्भिया, लिकटेंस्टिन, लिथुआनिया, लक्जेम्बर्ग, माल्टा, नेदरल्याण्ड, नर्वे, पोल्याण्ड, पोर्चुगल, स्लोभाकिया, स्लोभेनिया, स्पेन, स्वेडेन र स्जिरल्याण्ड जान पाउँछन् ।

इस्लामाबादमा इटलीको दूतावास उच्च सुरक्षासहितको डिप्लोमेटिक इन्क्लेवमा छ । विशेष अनुमति बिना त्यहाँ कोही जान पाउँदैन । इस्लामाबाद पुलिसको विशेष सुरक्षा युनिट २४ घण्टा तैनाथ रहन्छ । पुलिसले यो यस किसिमको पहिलो केस भएको बताएको छ । दूतावासमा काम गर्ने व्यक्तिहरुसँग सम्बन्ध भएका मानव तस्करहरु यसमा संलग्न हुन सक्ने आशंका गरिएको छ । अधिकारीहरुका अनुसार चोरी भएका स्टिकर प्रयोग गरिए त्यो व्यक्तिको पहिचान हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *