बेल्जियमलाई स्तब्ध पार्दै इटाली सेमिफाइनलमा
काठमाडौं। बेल्जियमलाई पराजित गर्दै इटाली युरो २०२० फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ।
जर्मनीको एलिनाज स्टेडियममा शुक्रबार राति सम्पन्न खेलमा बेल्जियमलाई २ – १ गोलअन्तरले पराजित गर्दै इटाली सेमिफाइनलमा प्रवेश गरेको हो।
इटालीलाई जित दिलाउन निकोलो बरेला र लोरेन्जो इन्सिनेले एक एक गोल गरे।
बेल्जियमका लागि रोमेलु लुकाकुले एक गोल फर्काए।
इटालीले खेलको पहिलो हाफमा नै २ – १ को अग्रता लिएको थियो। सोही अग्रतालाई कायम राख्दै इटालीले जित हासिल गरेको हो। यो जितसँगै इटाली जारी युरोकपको सेमिफाइनलमा पुग्ने दोस्रो टोलि बनेको हो।

खेलको ३१ औं मिनेटमा निकोलो बरेलाले उत्कृष्ट गोल गर्दै बेल्जियमलाई सुरुवाती अग्रता दिलाएका थिए। मार्को भेराट्टीको पासमा उत्कृष्ट फिनिस गर्दै बरेलाले इटालीलाई खेलमा सुरुवाती अग्रता दिलाएका थिए।
पहिलो हाफको अन्तिम समय ४४ औं मिनेटमा लोरेन्जो इन्सिनेले उत्कृष्ष्ट गोल गर्दै इटालीलाई २ – ० को अग्रता दिलाएका थिए।
तर, खेलको इन्जुरी समयमा रोमेलु लुकाकुले पेनाल्टी मार्फत गोल गर्दै बेल्जियमलाई खेलमा फर्काए। जिओवानी डि लोरेन्जोले जेरमी डोकूलाई पेनाल्टी बक्सभित्र फउल गरेपछि बेल्जियमले पेनाल्टी पाएको थियो। उक्त अवसरमा गोल गर्दै लुकाकुले बेल्जियमलाई २ – १ को अवस्थामा ल्याए।
दुवै टिमले गोल गर्ने केही सुनौलो अवसर पाए पनि गोल गर्न चुके। खासगरि बेल्जियमले गोल गर्ने केही सुनौला अवसर बनाए पनि गोल गर्न चुक्दा हारको सामना गर्नु पर्यो।
लियोनार्डो बनोचीले खेलको १३ मिनेटमा गोल गरेका थिए। तर, भीएआर मार्फत अफसाइड देखिएपछि उक्त गोलले मान्यता पाएन।
खेलको २२ औं मिनेटमा केभिन डि ब्रुएनले प्रहार गरेको बल इटालीका गोल किपरले बचाएका थिए।
खेलको २६ औं मिनेटमा स्टार स्ट्राइकर रोमेलु लुकाकुले गोल गर्ने सुनौलो अवसर सिर्जना गरेका थिए। उनले प्रहार गरेको बल गोलपोस्टको नजिकै बाट बाहिरीएको थियो।
दोस्रो हाफको ६१ औं मिनेटमा बेल्जियमले गोल गर्ने सुनौलो अवसर बनाएको थियो। पेनाल्टी बक्सभित्र किपर बिट भइसकेको अवस्थामा लुकाकुले प्रहार गरेको बल बेल्जियमका डिफेन्डरले बचाएका थिए।
जितसँगै इटालीले अब स्पेनसँग फाइनल प्रवेशका लागि प्रतिस्प्रधा गर्ने छ। स्पेनले पहिलो क्वाटरफाइनल खेलमा स्विजरल्याण्डलाई पेनाल्टीमार्फत ३ १ गोलअन्तरले पराजित गरेर सेमिफाइनल पुगिसकेको छ।







डिसी नेपाल








Facebook Comment