मास्क नलगाएको आरोपमा पक्राउ परेका बेलायती नागरिक अदालतमा पनि मास्क नलगाइ गए

डिसी नेपाल
१९ असार २०७८ १७:४२
232
Shares

काठमाडौं। सिंगापुरमा सार्वजनिक ट्रेनमा मास्क लगाउन अस्वीकार गरेको आरोपमा पक्राउ परेका एक बेलायती नागरिक अदालतमा पनि मास्क नलगाइ उपस्थित भएका छन् । ३९ वर्षका बेन्जामिन ग्लिनमाथि चित्तबुझ्दो कारणबिना मास्क नलगाएको एक अभियोग, सार्वजनिक वातावरण बिथोलेको एक अभियोग र जनसेवकमाथि धम्कीपूर्ण भाषा प्रयोग गरेको एक अभियोग लगाइएको छ । बिना मास्क अदालत आएका उनलाई अदालतका अधिकारीहरुले मास्क लगाउन आदेश दिएपछि मात्रै उनले मास्क लगाएका थिए ।

सुनुवाइको क्रममा समेत न्यायाधीशले ग्लिनलाई मास्क ठिकसँग लगाउन पटक पटक भनेका थिए । जुनमा ग्लिन मास्क नलगाइ ट्रेनमा यात्रा गरिरहेका बेला सोही ट्रेनमा यात्रा गरिरहेका अर्का एक व्यक्तिले उनको भिडियो बनाएर सामाजिक संजालमा हालिदिएपछि उनी पक्राउ परेका थिए । ग्लिनले आफूलाई अधिकारीहरुले दोषी ठहरिए ६ महिना जेल बस्नुपर्ने भनेको बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *