जापानमा पहिरोमा परेका ८० जना अझै बेपत्ता

डिसी नेपाल
२१ असार २०७८ १९:३०
36
Shares

टोकियो । जापानमा पहिरोमा परेका ८० जना अझै पनि बेपत्ता नै रहेका छन् ।

गत शनिबार विहान आएको पहिरोमा परी बेपत्ता भएकाहरुको खोजी कार्य जारी रहेपनि अहिलेसम्म पनि नभेटिएका हुन् ।

देशको मध्य भागमा पर्ने अतामी सहर क्षेत्रमा अत्यधिक बर्षपछि ठूलो पहिरो गएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् ।

अतामी सहरका मेयरले घटनास्थलका विभिन्न ठाउँमा उद्धारकर्ताहरू परिचालन गरिएको भएपनि सफलता प्राप्त हुन नसकेको उल्लेख गरे।

घटनास्थलबाट २२ जनालाई उद्धारकर्ताहरुले जीवितै उद्धार गरेका छन् भने अहिलेसम्म तीन जनाको मात्रै शव भेटिएको छ । प्रहरी अधिकारीहरुले अहिलेसम्म तीन जनाको मात्रै मृत्यु भएको पुष्टि गर्न सकिएको बताएका छन् ।

सरकारी अधिकारीहरुले घटना भएको बेला त्यस क्षेत्रमा २१५ जना मानिस रहेको र पहिरो गएको ठाउँमा १३० ओटा घर रहेको जानकारी दिएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *