पेरुलाई हराउँदै ब्राजिल ‘ब्याक टु ब्याक’ फाइनलमा

डिसी नेपाल
२२ असार २०७८ ६:५१
1.2k
Shares

काठमाडौं। साविक उपविजेता पेरुलाई हराउँदै ब्राजिल कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ। निल्टन सान्तोस स्टेडियममा मंगलबार बिहान सम्पन्न खेलमा घरेलु टोलि ब्रजिलले पेरुलाई १ – ० गोल अन्तरले पराजित गर्दै फाइनलको यात्रा पक्का गरेको हो।

ब्राजिलका लागि लुकास पाक्वेटाले एक मात्रै निणएक गोल गरे।

Image

पहिलो हाफको ३५ औं मिनेटमा लुकासले गोल गर्दै ब्राजिललाई सुरुवाती अग्रता दिलाएका थिए। उक्त गोल नै ब्राजिललाई जित दिलाउन प्रयाप्त बन्यो। उनले नेमारले तीन डिफेन्डरलाई छलाउँदै दिएको उत्कृष्ट पासमा गोल गरेका थिए।

Image

खेल प्रतिस्प्रधात्मक रहे पनि दुवै टिमले प्रयाप्त गोल गर्ने अवसर भने सिर्जना गर्न सकेनन।

साविक विजेता समेत रहेको ब्राजिल ‘ब्याक टु ब्याक’ फाइनल प्रवेश गरेको छ।

Image

ब्राजिलले अब उपाधिका लागि अर्जेन्टिना र कोलम्बियाबीचको विजेतासँग आगामी शनिबार प्रतिस्प्रधा गर्ने छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.