ट्वाइलेटमा बस्दा सर्पले गुप्तांगमा टोकिदियो, त्यो सर्प छिमेकीले पालेर राखेका थिए

डिसी नेपाल
२२ असार २०७८ १३:२२
2.3k
Shares

काठमाडौं। अस्ट्रियामा ट्वाइलेट गएका एक व्यक्तिलाई गुप्तांगमा सर्पले टोकिदिएको छ । सोमबार बिहान आफ्नो घरको शौचालयमा गएका उनलाई १.६ मिटर लामो सर्पले टोकेको हो । त्यो पायथन सर्थ उनका छिमेकीले पालेका थिए । सर्प छिमेकीको अपार्टमेन्टबाट भागेर ढलको बाटो हुँदै शौचालयमा पुगेको अनुमान गरिएको छ ।

समाचार एजेन्सी एपीका अनुसार सर्पलाई समातेर उसका मालिकलाई दिइएको छ । ६५ वर्षका पीडितले बिहान ६ बजेतिर अस्ट्रियाको गर्ज सहरमा आफ्नो घरको शौचालयमा बस्ने बित्तिकै आफ्नो गुप्तांगमा केही चीजले घोचेको महसुस गरेका थिए । त्यसपछि उनले उठेर हेर्दा त्यहाँ पायथन सर्प देखेका थिए । स्टिरिया प्रान्तको पुलिसले जारी गरेको वक्तव्यका अनुसार त्यो सर्प भागेको उसका मालिकले ख्याल गरेका थिएनन् ।

अहिले नै सर्प २४ वर्षीय छिमेकीको घरबाट कसरी भाग्यो र कसरी ट्वाइलेटसम्म पुग्यो भन्ने स्पष्ट नभए पनि पुलिसले सर्प ढलको बाटो आएको हुन सक्ने अनुमान गरेको छ । सर्प देखिएपछि त्यसलाई समात्न एक सरिसृप विशेषज्ञलाई बोलाइएको थियो । पुलिसका अनुसार छिमेकी युवकले विषालु नभएका ११ वटा पायथन सर्प पालेका छन् । उनीमाथि अरुलाई शारीरिक क्षति पुग्ने कारक बनेको अभियोगमा अनुसन्धान भइरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *