गुगल, फेसबुक, ट्वीटर लगायतले चीनलाई पत्र लेखेर सेवा बन्द गर्ने चेतावनी दिए
काठमाडौं। ठूला प्रविधि कम्पनीहरु समेत सम्मिलित एसिया इन्टरनेट कोलिसन नामको उद्योग समूहले चीनलाई पत्र लेख्दै हङकङमा आफ्नो सेनवा रोकिदिने चेतावनी दिएका छन् । पत्रमा यदि हङकङमा गोपनीयता कानुन परिवर्तन गर्नेतर्फ चीन अगाडि बढेमा आफूहरुले हङकङ छाड्ने उल्लेख गरिएको छ । एआइसीमा गुगल, फेसबुक, ट्वीटर लगायत ठूला प्रविधि कम्पनीहरु सदस्य छन् ।
यो पत्र हङकङका गोपनीयता आयुक्त एडा चुंग लाइ लिंगलाई लेखिएको छ । एआइसीका प्रबन्ध निर्देशक जेफ पेनले पत्रमा हङकङमा प्रस्तावित गोपनीयता नीतिमा संशोधनले त्यहाँका जनतालाई गम्भीर रुपले प्रभावित पार्न सक्ने उल्लेख गरेका छन् । एआइसीले पत्रमा भनेको छ ‘हामी मान्छौं कि कुनै पनि विरोधी कानुन जसले अभिव्यक्तिको स्वतन्त्रतालाई कम गर्छ, त्यसलाई आवश्यकताको सिद्धान्तमा बनाउनुपर्छ ।’
गत वर्ष चीनले बनाएको कानुनको विरोधका क्रममा हङकङमा १० हजारभन्दा धेरै जना गिरफ्तार भइसकेका छन् । यीमध्ये १२८ जना राजनेता र पत्रकार छन् । हङकङमा २०१९ मा लोकतन्त्र समर्थकहरुले विरोध प्रदर्शनको लागि सामाजिक संजालको निकै प्रयोग गरेका थिए । त्यसैले चीन डाटा प्राइभेसी नियम बदल्न चाहन्छ । नयाँ कानुनमा यी कम्पनीहरुलाई युजरको डाटा हटाउन बाध्यकारी व्यवस्था गरिएको छ ।







डिसी नेपाल







Facebook Comment