बलिउड अभिनेता दिलिप कुमारको निधनमा पाकिस्तान शोकाकूल, दुःखमा डुब्यो पेशावर शहर

डिसी नेपाल
२३ असार २०७८ १५:१५
3.2k
Shares

काठमाडौं। बलिउड अभिनेता दिलिप कुमारको निधन भएपछि अहिले पाकिस्तानको पेशावर शहर शोकमा डुबेको छ । पाकिस्तानको खैबर पख्नुनख्वा प्रान्तको यो राजधानी पेशावर दिलिप कुमारको जन्मस्थान हो । पेशावरमा जन्मिँदा उनी मोहम्मद युसुफ खानको रुपमा जन्मिएका थिए । भारत आएर २२ वर्षको उमेरमा बलिउड फिल्मबाट दर्शकमाझ पुग्दा उनी दिलिप कुमार बनेर पुगेका थिए ।

भारत र पाकिस्तानबीच दुश्मनी छ । तर, पाकिस्तानले दिलिप कुमारलाई प्रेम गर्छ र दिलिप कुमार पनि पाकिस्तानलाई जीवनभर प्रेम गरे । त्यसैले त सन् १९९७ मा पाकिस्तानले दिलिप कुमारलाई ‘निशान–ए–इम्तियाज’ सम्मान दिएको छ । यो पाकिस्तानको सबैभन्दा ठूलो नागरिक सम्मान हो । आज दिलिप कुमारको निधनको खबरपछि पेशावरका गल्ली गल्लीमा उनको सम्झना भइरहेको छ ।

दिलिप कुमार पेशावरको खिसा ख्वानी बजारमा ११ डिसेम्बर १९२२ मा जन्मिएका थिए । केही वर्षपछि उनको परिवार त्यहाँबाट मुम्बइ आएको थियो । उनको परिवार पेशावरबाट मुम्बइ आउँदा अहिलेको भारत र पाकिस्तान थिएनन् । त्यतिबेला त्यहाँ ब्रिटिसको राज थियो । साना–साना राज्यमा विभाजित थियो र त्यहाँका राजा रजौटाहरु बेलायतको इस्ट इण्डिया कम्पनीको अधीनमा थिए ।

एक पटक दिलिप कुमारले पेशावरका जनतासँग ट्वीटरमार्फत आफ्नो जन्मघरको तस्वीर शेयर गर्न आग्रह गरेका थिए । उनले यति भन्नासाथ लाखौं पेशावरवासीले उनको जन्मघरको तस्वीर शेयर गरेका थिए । पेशावरका पत्रकारहरु दिलिप कुमारसँग नियमित सम्पर्कमा थिए । १९९७ मा पाकिस्तान सरकारले दिलिप कुमारलाई निशान–ए–पाकिस्तान सम्मान सिदने घोषणा गरेपछि दिलिप कुमार पाकिस्तान गएका थिए ।

१९९८ मा अवार्ड लिन पाकिस्तान जाँदा उनी पेशावरमा जन्मघर पुगेर आएका थिए । पाकिस्तान सरकारले २०१७ मा उनको जन्मघरलाई ‘कौमी विरसा’ घोषणा गरेको छ । यसको अर्थ राष्ट्रिय धरोहर हुन्छ । सरकारले त्यो घरमा संग्रहालय बनाउने पनि घोषणा गरिसकेको छ । उक्त घरका अहिलेका मालिकले घर भत्काएर प्लाजा बनाउन खोजेका थिए तर पाकिस्तान सरकारले उनलाई रोकेर घर सरकारी स्वामित्वमा लिएको छ ।

लाहोरमा पाकिस्तानी अभिनेत्री आसमा अब्बासले आफ्नी ९० वर्षकी आमा महुमदा अहमद बाशिरलाई दिलिप कुमारको निधनको खबर दिँदा ९० वर्षकी आमा रुन थालिन् । महुमदा ५० वर्षकी हुँदा दिदीसँग भारत आउँदा दिलिप कुमारसँग भेटेकी थिइन् । उनीहरुले दिलिप कुमारलाई उनले पाकिस्तानकी केटीहरुको जीवन बर्बाद गरेर आएको भनेका थिए किनकि पाकिस्तानमा केटीहरु उनको नाममा विष पिउन तयार थिए । यसो भन्दा दिलिप कुमारले लजाउँदै भनेका थिए ‘मेरो कारणले पाकिस्तानमा यस्तो भएको भए माफी चाहन्छु ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.