१६ वर्षका किशोरले आधा रातमा घरमा छिरेर ९१ वर्षकी वृद्धाको बलात्कार प्रयास
काठमाडौं। १६ वर्षका एक नाबालिग किशोरले आधा रातमा ९१ वषृकी एक वृद्धाको घर फुटाएर घरभित्र पसेर महिलालाई बलात्कार गर्ने प्रयास गरेको आरोप लागेको छ । ती किशोरले बिहीबार मध्य रात हुनुभन्दा केही समयअघि वृद्धा घरमा निदाइरहेको बेला अस्ट्रेलियाको एडिलेडमा वृद्धाको घर फुटाएर भित्र पसेर बलात्कारको प्रयास गरेको बताइएको छ ।
एडिलेड युवा अदालतमा किशोरलाई पेश गरिएको छ । अदालतमा सुनुवाइमा उनले कसरी घर फुटाएर भित्र पसे र कसरी वृद्धा महिलालाई बलात्कार गर्ने प्रयास गरे भन्ने बताइएको छ । कानुनी कारणले उनको पहिचान खुलाइएको छैन । किशोरले बलात्कारको प्रयास गरेपछि महिला बिउँझिएर चिच्याउन थालेकी थिइन् त्यसपछि किशोर त्यहाँबाट भागेको सेभेन न्यूजले जनाएको छ ।
किशोरलाई शनिबार दिउँसो सहरको दक्षिणी क्षेत्रबाट विशेष अपराध अनुसन्धानका एजेन्टहरुले पक्राउ गरेका थिए । किशोर भागेपछि महिला घरमा एक्लै फेरि आक्रमण हुने डरमा बसेकी थिइन् । अहिले भने उनी परिवारका सदस्यहरुको साथमा बसिरहेकी छिन् । किशोरलाई २ हप्तापछि अर्को सुनुवाइसम्मको लागि हिरासतमा राखिनेछ ।







डिसी नेपाल







Facebook Comment