दुबईको प्रमुख बन्दरगाहा जेबेल अलीमा धमाका
दुबई (एजेन्सी)। दुबईको प्रमुख बन्दरगाहा जेबेल अलीमा भयानक विस्फोट भएको छ। अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार बुधबार राति भएको यो विस्फोट २५ किलोमिटर टाढासम्म सुनिएको थियो। र घरका सिसाहरु फुटेका थिए।
यो भयानक विस्फोटपछि बन्दरगाहा नजिकका वस्तीहरुमा भागमभाग भएको जनाइएको छ। दुबई सरकारले बन्दरगाहाको एक सिपमा विस्फोट भएको जनाएको छ। सिपमा रहेका १३५ कन्टेन्टर मध्ये ३ वटामा प्रज्वनशील पदार्थ रहेको र सोही विस्फोट भएको हुन सक्ने जनाइएको छ।
अत्यधिक गर्मीका कारण घर्षण भएर विस्फोट भएको हुन सक्ने जनाइएको छ। दुबई मिडियाका महानिर्देशकले यो घटनालाई सामान्य घटना भएका छन्। उनले कुनै हताहती नभएको र अवस्थालाई नियन्त्रणमा लिन आवश्यक कदम उठाइएको बताएका छन्।

A fire caused by an explosion within a container on board a ship at Jebel Ali Port has been brought under control; no casualities have been reported. pic.twitter.com/oMTaJhgEYd
— Dubai Media Office (@DXBMediaOffice) July 7, 2021







डिसी नेपाल







Facebook Comment