फ्रान्सेली लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह

डिसी नेपाल
२४ असार २०७८ २२:३७
32
Shares

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले फ्रान्सेली लगानीकर्तालाई नेपालमा लगानी गरी अधिकतम लाभ उठाउन आग्रह गरेका छन्। नेपाल फ्रान्स व्यावसायिक मञ्चको भर्चुअल बैठकलाई विहीबार सम्बोधन गर्नुहुंदै अध्यक्ष गोल्छाले नेपाल लगानी भित्र्याउन तयार रहेको बताए।

अध्यक्ष गोल्छाले नेपाल आर्थिक विकास र समृद्धिको मार्गमा अगाडि बढिसकेकाले नेपालमा पूर्वाधार विकास, पर्यटन, अर्थतन्त्रको डिजिटलाईजेसन, कृषि प्रशोधन उद्योगमा सम्भावना रहेको बताउदै फ्रान्सेली लगानीकर्तालाई आग्रह गरे ।

अध्यक्ष गोल्छाले महासङ्घले अगाडि बढाएको राष्ट्रिय आर्थिक रूपान्तरण रणनीति २०३० ९नेट २०३०० का विषयमा पनि जानकारी गराए। नेट २०३० मा लगानीका क्षेत्रका विषयमा स्पष्ट किटान गरिएको जानकारी गराउनुहुँदै विशेष गरी सन् २०३० सम्म नेपालको अर्थतन्त्र १०० अर्ब अमेरिकी डलर पुर्याउने, थप २३ लाख रोजगारी सृजना गर्ने, अर्थतन्त्रसँग व्यापार घाटाको अनुपात आधा घटाउने लक्ष्य लिइएका छन्।

हालसम्म फ्रान्सबाट १०७ परियोजनामा करिब रु एक अर्बको लगानी प्रतिबद्धता आएको छ । व्यापार प्रवद्र्धन केन्द्रका अनुसार गत वर्ष फ्रान्ससँगको व्यापार घाटा करिब रु साढे आठ अर्ब बराबर छ । नेपाल उद्योग वाणिज्य महासङ्घ र फ्रान्सको मेडेफ इन्टरनेशनल आयोजना गरेको उक्त कार्यक्रमलाई काठमाडौँस्थित फ्रान्सेली दूतावास र पेरिसस्थित नेपाली दूतावासको सहयोग रहेको थियो । बैठकमा दुवै देशबाट ५० जना उद्यमी व्यवसायीको सहभागिता थियो । बैठकमा दुवै देशबाट विमानस्थल इञ्जिनीयरिङ, निर्माण, डिजिटल सेक्यूरिटी, बैकिङ, शिक्षा, स्वास्थ्य, कृषि, बैंकिङ, पर्यटन, ऊर्जा, खाद्य प्रशोधन, अटोमोवाइल, र्यामिट्यान्सलगायत क्षेत्रबाट प्रतिनिधित्व रहेको थियो ।

कार्यक्रमलाई संवोधन गर्दै नेपालका लागि फ्रेन्सेली राजदूत फंस्वा–जाभिए लेजे र पेरिसस्थित नेपाली राजदूत दिपक अधिकारीले नेपालमा रहेको अधिकतम लगानीको सम्भाव्यतालाई यथार्थतामा रूपान्तरण गरी लाभ उठाउन आग्रह गरे। आपसी लगानी विस्तार गर्न र निजी क्षेत्र बीचको सम्बन्ध विस्तारमा यो बैठक कोशेढुङ्गा हुने उनीहरूको विश्वास थियो ।

महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले द्विपक्षीय सम्बन्धलाई थप मजवूद पार्दै एक अर्काबाट आपसी लाभ उठाउन नेपाल फ्रान्स विजजेश फोरम जस्ता मञ्चको अधिकतम प्रयोगमा जोड दिए। नेपाल बाह्य लगानीको भोको रहेकाले नेपालमा लगानी गर्न आग्रह गरे। सो अवसरमा नेपालका तर्फबाट कार्यपत्र प्रस्तुत गर्दै महासङ्घको अन्तर्राष्ट्रिय लगानी प्रवद्र्धन फोरमका सभापति आनन्द बगाडियाले विदेशी लगानीकर्तालाई सहजीकरण गर्न महासङ्घले संयन्त्र निर्माण गरिरहेको जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.