सुनको मूल्यमा सामान्य वृद्धि
काठमाडौं। साताको अन्तिम कारोबारको दिन शुक्रबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ।
शुक्रबार सुन तोलामा एक सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार ४ सय रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यसअघि बिहीबार छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
शुक्रबार चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले घटेको छ। शुक्रबार चाँदी प्रतितोला १३ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment