स्काइडाइभिङ विमान टेकअफ गर्नासाथ दुर्घटना, विमानमा भएका सबैको मृत्यु

डिसी नेपाल
२६ असार २०७८ १७:२७
1.1k
Shares

काठमाडौं। स्काइडाइभरहरुलाई लिएको उडेको एक विमान दुर्घटनामा हुँदा ८ जना स्काइडाइभरसहित ९ जनाको मृत्यु भएको छ । स्वेडेनको ओरेब्रो सहरनजिकै भएको दुर्घटनामा विमानमा भएका सबैको मृत्यु भएको हो । मृत्यु हुने १ जना पाइलट र अरु सबै स्काइडाइभरहरु थिए । उनीहरु स्थानीय स्काइडाइभिङ क्लवमा सदस्य थिए।

स्विडिस मेरिटाइम एडमिनिस्ट्रेसनका प्रवक्ता कार्ल जोन लिन्डेले त्यहाँको प्रसारक एसभीटीलाई बताएअनुसार दुर्घटनाको कारण विमानको टेकअफसँग सम्बन्धित छ । मृत्यु हुनेहरुको विस्तृत विवरण र विमान दुर्घटना हुनुको कारणबारे विस्तारमा बताइएको छैन । अधिकारीहरुका अनुसार विमान रनवेमै हुँदा केही भएको हुनुपर्छ किनकि विमान धेरै माथिसम्म नपुग्दै विष्फोट भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *