अफगानिस्तानमा भारतीय दूतावासबाट ५० जना कूटनीतिज्ञलाई सैनिक विमानबाट निकालियो
काठमाडौं। अफगानिस्तानको कान्दाहारमा रहेको आफ्नो दूतावासबाट भारतले ५० जना कूटनीतिज्ञलाई बाहिर निकालेको छ । अफगानी सेना र तालिबानीहरुबीच तनाब बड्न थालेपछि भारतले आफ्ना कर्मचारीलाई दूतावासबाट बाहिर निकालेको हो । दक्षिणी अफगानिस्तानमा रहेको कान्दाहार शहरमा तालिबानीले कब्जा गर्न थालेपछि भारतले आफ्ना कर्मचारी बाहिर निकालेको हिन्दूस्तान टाइम्सले जनाएको छ ।
भारतले आफ्नो कर्मचारीलाई शनिबार निकालेको हो । यसको ४ दिन अघि मात्र भारतले अफगानिस्तानमा आफ्नो कूटनीतिक मिसन र दूतावास तथा कन्सुलेट कार्यालय बन्द गर्न कुनै जरुरी नभएको बताएको थियो । भारतीय अधिकारीहरुले अफगानिस्तानमा विकसित सुरक्षा चुनौतीलाई नजिकबाट नियालिरहेको बताउँदै आफ्ना कर्मचारी र नागरिकलाई सुरक्षित राख्न प्रयास गरेको बताएका छन् ।
भारतको विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले भने ‘कान्दाहारमा रहेको भारतको कन्सुलेट जनरल कार्यालय बन्द भएको छैन । तत्कालको लागि कान्दाहार सहर नजिकै युद्ध भइरहेकोले भारतीयहरुलाई बाहिर निकालिएको छ । भारतले अफगानिस्तानमा विकसित सुरक्षा चुनौतीलाई नियालिरहेको छ । हाम्रा मानिसहरुको सुरक्षा हाम्रो प्राथमिकता हो ।’ उनले अहिले भारतीय कर्मचारीलाई अस्थायी रुपमा परिस्थिति स्थिर नहुँदासम्मका लागि निकालिएको बताउँदै कार्यालयको काम अफगानिस्तानी स्थानीय कर्मचारीबाट भइरहेको बताए ।







डिसी नेपाल







Facebook Comment