राष्ट्रपतिको हत्यापछि संकटमा परेको हैटीको आग्रह अमेरिकी राष्ट्रपतिले अस्वीकार गरे
काठमाडौं। राष्ट्रपतिको हत्यापछि संकटमा परेको हैटीले अमेरिकासँग आफ्नो देशको अवस्था नियन्त्रणमा लिनका लागि अमेरिकी राष्ट्रपतिलाई सेना पठाइदिन आग्रह गरेको थियो । तर, अमेरिकी राष्ट्रपति जो बाइडेनले उक्त आग्रह अस्वीकार गरेका छन् । शुक्रबार हैटीका अधिकारीहरुले बाइडेनसँग आफ्नो देशका संरचना रक्षाको लागि सहयोग गरिदिन आग्रह गरेका थिए ।
रोयटर्सले प्राप्त गरेको एक पत्रमा हैटी सरकारको तर्फबाट प्रधानमन्त्री क्लाउडे जोसेफले हैटीमा रहेको अमेरिकी दूतावासमार्फत अमेरिकी राष्ट्रपतिलाई आफ्नो देशमा भएका प्रमुख संरचना रक्षाको लागि सेना पठाइदिन आग्रह गरेका थिए । यस्तै पत्र हैटीमा रहेको संयुक्त राष्ट्रसंघको कार्यालयलाई पनि पठाइएको थियो । अमेरिकी अधिकारीहरुले भने अहिले अमेरिकाले सैन्य सहयोग गर्ने कुनै योजना नभएको जवाफ दिएका थिए ।







डिसी नेपाल







Facebook Comment