एमाले विवाद : सूर्य थापाको टिप्पणीप्रति माधव नेपाल असन्तुष्ट
फाइल फाेटाे।
काठमाडौ। नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालले आइतबार राति विवाद समाधानका लागि गठित कार्यदलले गरेको सहमतिलाई प्रधानमन्त्रीका प्रेस सल्लाहकारले गरेको व्याख्या गलत भएको भन्दै आफूहरुलाई अस्वीकार्य हुने चेतावनी दिएका छन्।
आइतबार राति कार्यदलले दश बुँदे सहमति गरेको थियो। तर सोमबार विहानै नेता नेपालले सामाजिक संजालमा फेसबुकमार्फत कार्यदलले जुटाएको सहमति अदालतको फैसललाई प्रभवित पार्ने गरी प्रधानमन्त्रीका प्रेस सल्लाहकारले फेसबुक स्टाटस सहमति गर्दा भएको छलफलको मर्म विपरित रहेको जनाएका हुन्। उनले यो बाख्या गतल र अस्वीकार्य रहेको बताएका छन्।
‘अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने वा अदालतको मानहानि गर्ने गर्ने गरी गरिएको वा गरिने व्याख्या मान्य नहुने कुरा स्पष्ट पार्दै सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा निवेदक रहेका नेकपा एमालेका २३ जना सासदहरु एकै साथ रहेको र आफ्नो मान्यमा स्पष्ट र दृढ रहेको कुरा स्पष्ट पार्दछु,’ नेता नेपालले लेखेका छन्।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले कार्यदलले सहमति गरेपछि समाजिक संजाल फेसबुकमा शेरबहादुर देउवाको साथमा निवर्तमान प्रतिनिधिसभा सदस्यहरु अब १२३ जना मात्रै रहेको उल्लेख गरेका थिए। उनले एमालेमा सहमति भएसँगै प्रतिनिधिसभा पुनःस्थापना नहुने सकेत गर्दै लेखेका छन्, ‘सर्वोच्चद्वारा न परमादेश न पुनःस्थापना! मच्चियो मच्चियो जेठो नराम्ररी थथच्चियो।’







डिसी नेपाल







Facebook Comment