यूनियन लाइफको आइपीओ भर्ने आज अन्तिम दिन

डिसी नेपाल
२८ असार २०७८ ७:५५
68
Shares

काठमाडौं । यूनियन लाइफ इन्सोरेन्सको आइपीओका लागि आवेदन दिने आज अन्तिम दिन हो। असार २४ गतेदेखि सर्वसाधारणका लागि निष्काशन तथा विक्रि खुल्ला गरेको आइपीओको आवेदन आजसम्म खुल्ला गरिएको छ। कम्पनीले ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता आईपीओ बिक्री खुला गरेको थियो।

कम्पनिले निष्काशन गरेको जम्मा कित्ता सेयरमध्ये ५ प्रतिशत कर्मचारीलाई र अर्को ५ प्रतिशत सामूहिक लागनीकोषका लागि सुरक्षित गरी सर्वसाधारणका लागि ९० प्रतिशतले हुन आउने ५८ लाख ५ हजार कित्ता शेयर छुट्याएको थियो।

जारी गरेको शेयर कम्पनीको कुल पूँजीको ३० प्रतिशत रहेको छ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ३२ हजार २५० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो शेयरमार्फत आवेदन दिन सक्ने आईपीओ निष्काशन तथा बिक्री प्रवन्धकसमेत रहेको प्रभु क्यापिटल लिमिटेड जानकारी दिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.