मनकामना लघुवित्तकाे आइपिओ आज बाँढफाँट हुने
काठमाडौं । मनकामना लघुवित्तले सर्वसाधारणका लागि निष्काशन गरेको आइपीओ सोमबार (आज) बाँडफाँट हुने भएको छ। निष्काशन तथा विक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार आज विहान ९ः३० बजे परेका आवेदनलाई शेयर बाँढफाँट गरिने भएको हो।
मनकामनाले असार १७ गतेदेखि २१ गतेसम्म बिक्रीमा ल्याएको आइपीओमा ७३ गुणा अर्थात २० लाख ३६ हजार दुई सय ४५ आवेदनबाट दुई अर्ब ६५ करोड ७४ लाख रुपैयाँ बराबरको दुई करोड ६५ लाख ७४ हजार ५० कित्ता शेयर खरिदको लागि आवेदन परेको छ।
कम्पनीले सर्वसाधारणको लागि छुट्टाएको ३ लाख ६३ हजार चार सय ९२ कित्ताको ७३ दशमलव १० गुणा बढी रहेको एनएमबी क्यापिटलले जनाएको छ।
मनकामनाको आइपीओ पनि गोलाप्रथाबाट न्यूनतम १० कित्ता बाँडफाँट गर्दा ३६ हजार तीन सय ४९ जनाले मात्रै लघुवित्तको शेयर पाउने छन्। शेयर नपाउने कुल आइपीओ भर्नेको ९८ दशमलव १० प्रतिशत भन्दा धेरै हुने छन्।
लघुवित्तले असार १७ गतेदेखि प्रतिकित्ता १०० अंकित मूल्यका ३ लाख ८९ हजार कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो।







डिसी नेपाल








Facebook Comment