बम्पर उपहारका बिजेतालाई सिटी एक्सप्रेसले दियो १० लाख रुपैयाँ

डिसी नेपाल
२८ असार २०७८ ११:२३
176
Shares

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरद्वारा १५ वार्षिकोत्सवको अवसरमा जारी गरेको बम्पर उपहारको विजेतालाई सार्वजनिक गरेको छ।

आइतबार एक कार्यक्रमकाबीच कम्पनीले साउदीमा कार्यरत जागेश्वर भुसकुलिया यादवलाई विजेता घोषणा गर्दै उनकी श्रीमति फुलमति कुमारीलाई १० लाख रकम समेत हस्तान्त्रण गरेको छ।

‘सकारात्मक र सबल हुँदै’ भन्ने मुल नाराका साथ आफ्ना १४औ वर्ष पार गरेको छ। १५औँ वाषिक उत्सवको अवसरमा आयोजना गरिएको ‘न एति न उति, सिधै लखपति’ योजना अनुसार बम्पर उपहार योजना ल्याएको थियो।

कार्यालयको आन्तिरिक छनोट प्रक्रिायाबाट एक वर्षभित्र उल्लेखनीय कार्य गरे बापत विभिन्न विभागबाट उत्कृष्ट ३ जना कर्मचारीलाई पनि सम्मान गरेको मनिट्रान्सफरले जनाएको छ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै बिगत १४ वर्षदेखि संसार भरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ।

आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १२ हजार भन्दा बढी भुक्तानी केन्द्रहरुमार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.