कोटेश्वरमा विपक्षी गठबन्धनको बैठक जारी

डिसी नेपाल
२८ असार २०७८ १७:३२
1.6k
Shares

काठमाडौं। पाँच दलीय विपक्षी गठबन्धनको बैठक शुरु भएको छ। कोटेश्वरस्थित नेपाल बन पैदावरको अफिसमा सोमबार सवा ५ बजे बैठक शुरु भएको हो। सर्वोच्च अदालतले विपक्षी गठबन्धनको माग बमोजिम प्रतिनिधिसभा पुनःस्थापना र काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएपछि विपक्षी गठबन्धनको बैठक बसेको हो।

उक्त बैठकमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का, पूर्वमहामन्त्री कृष्ण प्रसाद सिटौला , प्रमुख सचेतक बालकृष्ण खाँण सुहभागी छन्।

यस्तै नेकपा माओवादी केन्द्रबाट ने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वसभामुख कृष्णबहादुर महरा, बर्षमान पुन, नारायण काजी श्रेष्ठ र देब गुरुङ सहभागी छन्।
यस्तै एमालेको विद्रोही समूहका एमाले वरिष्ठ नेता माधब कुमार नेपाल र रघुजी पन्त तथा जसपाबाट अध्यक्ष उपेन्द्र यादव ,डा बाबुराम भट्टराई, महेन्द्र राय यादव, अशोक राई र राजेन्द्र श्रेष्ठ एवं राष्ट्रिय जनमोर्चाबाट उपाध्यक्ष सांसद दुर्गा पौडेल सहभागी छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.