भोलिदेखि देशभर खोप अभियान, क-कसले लगाउन पाउँछन् ? (सूचीसहित)

डिसी नेपाल
२८ असार २०७८ १८:५०
6.5k
Shares

काठमाडौं । सरकारले भोलिदेखि खोप अभियान संचालन गर्ने घोषणा गरेको छ । चीनबाट खरिद गरिएको ४० लाखमध्ये १० लाख डोज भेरोसेल र अमेरिकाबाट अनुदान प्राप्त १५ लाख डोज जोन्सन एन्ड जोन्सन खोप आइपुगे लगत्तै सरकारले खोप अभियान घोषणा गरेको हो ।

सोमबार स्वास्थ्यमन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले मंगलबारदेखि भेरोसेल खोपलाई ५५ वर्ष माथिका नागरिकलाई लगाउने र जोन्सन एन्ड जोन्सनलाई ५० देखि ५४ वर्ष उमेर समूहका नागरिकलाई लगाउने निर्णय गरेको हो ।

भेरोसेल खोप ५५ वर्षमाथिका नागरिक, विश्वविद्यालय, विद्यालयका प्राध्यापक शिक्षक तथा कर्मचारी, सार्वजनिक यातायातका चालक र सहचालक र खोप अनिवार्य गरिएका देशमा जाने नागरिक र सरकारले तोकेका अत्यावश्यक सेवामा संलग्न खोप लाउन बाँकी नागरीकलाई लगाइने भएको छ ।

जोन्सन एन्ड जोन्सन खोप भने ५० देखि ५४ वर्ष उमेर समूहका नागरिक, पूर्ण र अति अशक्त अपांग भएकालाई, नेपालमा बसोबास गरिरहेका शरणार्थीलाई, स्वास्थ्यकर्मी र सरसफाईकर्मीलाई लगाइने भएको छ ।

खोप लगाउन पहिचान खुल्ने सरकारी कागजात लिएर खोप केन्द्रमा जान मन्त्रालयले आग्रह गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.