मन्त्रीहरुको सूची तयार पार्न दलहरु आन्तरिक छलफलमा

डिसी नेपाल
२९ असार २०७८ १०:३८
428
Shares

काठमाडौं। सर्वोच्च अदालतले परमादेश दिँदै काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न भनेपछि काँग्रेस, माओवादी केन्द्र र जसपाको उपेन्द्र समूह आन्तरिक छलफलमा जुटेका छन्। देउवाले सानो आकारको मन्त्रिपरिषद बनाउने तयारी गरेको काँग्रेस निकट स्रोतहरुले जनाएका छन्।

देउवाले आजै शपथ ग्रहण गर्ने सम्भावना रहेकाले प्रधानमन्त्रीसँगै केही मन्त्रीहरुको पनि शपथ गराउने तयारीका साथ दलहरु मन्त्रीको सूची बनाउन आन्तरिक छलफलमा जुटेका हुन्। काँग्रेस पदाधिकारी बैठक बुढानिलकण्ठमा जारी छ भने माओवादी केन्द्रको बैठक पार्टी कार्यालय पेरिस डाँडाँमा बसिरहेको छ।

उता जसपाको उपेन्द्र समूह भने तत्काल सरकारमा नजाने बताइएको छ। दलहरु मन्त्रीको सूची बनाउन छलफलमा भए पनि राष्ट्रपति कार्यालयले शपथ ग्रहणको तयारी भने गरिनसकेको बुझिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.