पब्लिक कम्पनीमा रुपान्तरण भएको नर्भिक अस्पतालले आईपीओ निष्कासन गर्ने
काठमाडौं। पब्लिक कम्पनीमा रुपान्तरण भएसँगै नर्भिक अस्पतालले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ।
निजी क्षेत्रबाट स्तरीय स्वास्थ्य सेवाको जग बसालेको नर्भिक अस्पतालले भविष्यमा आफ्नो सेवालाई थप विस्तार गर्ने योजनाका लागि आईपएयो निष्कासन गर्ने निर्णय गरेको हो।
नर्भिक प्राइभेट कम्पनीबाट पब्लिक कम्पनीमा रूपान्तरण भएको छ। नर्भिक अस्पतालले हालै आफूलाई प्राइभेट कम्पनीबाट पब्लिकमा रूपान्तरण गरेको हो।
योसँगै नर्भिक अस्पतालको नाम यसअघिको ‘नर्भिक इन्टरनेसनल हस्पिटल एन्ड मेडिकल कलेज प्रालि’बाट रूपान्तरित भई ‘नर्भिक इन्टरनेसनल हस्पिटल एन्ड मेडिकल कलेज लिमीटेड’ भएको छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment