महाधिन्यायाधिवक्ता बडालद्वारा पदबाट राजीनामा

डिसी नेपाल
२९ असार २०७८ १२:५२
352
Shares

काठमाडौं। तीव्र आलोचनापछि महाधिन्यायाधिवक्ता रमेश बडालले पदबाट राजीनामा दिएका छन्। महान्यायाधिवक्ता बडालले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष राजीनामा दिएका हुन्।

प्रतिनिधिसभा पुनर्स्थापनाको फैसला गर्ने क्रममा संवैधानिक इजलासले महान्यायाधिवक्ताको प्रस्तुतिलाई लिएर तीव्र आक्रोश प्रकट गरेपछि बडालले राजीनामा दिएका हुन।

सर्वोच्च अदालतले प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नियुक्त गर्न परमादेश जारी गरेपछि आजदेखि ओली पदमुक्त हुँदै छन्।

प्रतिनिधिसभा पुनर्स्थापनाको फैसला गर्ने क्रममा संवैधानिक इजलासले महान्यायाधिवक्ता बडालको प्रस्तुतिलाई लिएर तीव्र आक्रोश प्रकट गरेको थियो।
अदालतले न्यायाधिवक्ताहरु लगायत प्रधानमन्त्री केपी शर्मा ओलीका पक्षबाट बहस गरेका कानुन व्यवसायीले इजलासका सम्बन्धमा गरेका गलफतीका बारेमा समेत तीव्र अलोचना भएको थिए।

प्रतिनिधिसभा पुनर्स्थापना र शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेशको मागसहित दायर भएको रिट निवेदनमाथि सुनुवाइ गर्न गठित संवैधानिक इजलासमा रहेका न्यायाधीशहरूका बारेमा महान्यायाधिवक्ता बडालसहित सरकार पक्षका कानुन व्यवसायीले आपत्ति जनाएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.