युनियन लाइफको आईपीओमा किर्तीमानी आवेदन, करिब २२ लाखले भरे आईपीओ
काठमाडौं। युनियन लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओमा हालसम्मकै धेरै किर्तीमानी आवेदन परेको छ। ५८ लाख ५ हजार कित्ता सेयरका लागि २१ लाख ८२ हजार ८ सय ५५ वटा आवेदन परेको सीडीएस एण्ड क्लियरिङ हाउसले जनाएको छ।
कम्पनीको प्रणालीमा आएको उक्त आवेदन हालसम्मकै सबैभन्दा धेरै भएको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए। न्यौपानेका अनुसार यो आवेदन हालसम्मकै सबैभन्दा धेरै हो।
५८ लाख ५ हजार कित्ता सेयर प्रतिआवेदन १० कित्ताका दरले भागबण्डा गर्दा साबिकको आवेदकमध्येबाट पाँच लाख ८० हजार ५० जनालाई मात्रै सेयर पर्ने छ।
कम्पनीले कुल जारी पूँजी २ अर्ब १५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता सेयर निष्काशनमा ल्याएको हो।
त्यसमध्ये ५ प्रतिशत अर्थात ३ लाख २२ हजार ५ सय कित्ता कर्मचारीहरुलाई र अर्को ५ प्रतिशत सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरी बाँकी ५८ लाख ५ हजार कित्ता सेयर सर्वसाधारणको लागि बिक्रीमा ल्याएको थियो।







डिसी नेपाल








Facebook Comment