नवनियुक्त प्रधानमन्त्री देउवाको प्रमुख सुरक्षा अधिकृतमा डिएसपी कोमल शाह
फाइल फाेटाे
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख व्यक्तिगत सुरक्षा अधिकृतमा डिएसपी कोमल विक्रम शाहलाई खटाइएको छ ।
प्रहरी प्रधान कार्यालयले नगर प्रहरी कार्यालय भृकुटीमण्डपमा कार्यरत शाहलाई प्रधानमन्त्रीको व्यक्तिगत सुरक्षा अधिकृत (पिएसओ)को रुपमा काज सरुवा गरेको हो ।
डिएसपी शाह यसअघि देउवा २०७४ मा चौथो पटक प्रधानमन्त्री हुँदा पनि प्रमुख सुरक्षा अधिकृतको रुपमा खटिएका थिए ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment