मुलुकले नयाँ प्रधानमन्त्री पाएको दिन दोहोरो अंकले बढ्यो सेयर बजार

डिसी नेपाल
२९ असार २०७८ १८:४८
96
Shares

काठमाडौं। साताको तेस्रो कारोबारको दिन मंगलवार सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ। मंगलबार नेप्से १६ दशमलव ३४ अंकले बढेर २८ सय ७१ दशमलव ३ अंकमा पुगेर बन्द भएको छ।
यसअघि सोमवार नेप्से ४५ दशमलव ६ अंकले घटेको थियो।

मुलुकले नयाँ प्रधानमन्त्री पाएको दिन बजारले पनि सकारात्मक रुपमा स्वागत गरेको लगानीकर्ताको विश्वास छ। मंगलवार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा देशको प्रधानमन्त्रीमा नियुक्त भएका छन्।

यस दिन नेप्से परिसूचक बढेपनि कारोबार रकमा भने उत्साहा देखिएन।

मंगलवार कूल २ सय २३ कम्पनीको ५ अर्ब ५४ करोड बराबरको सेयर खरिदबिक्री भएको छ। यसअघि सोमबार ९ अर्ब ९८ करोडको सेयर किनेबेच भएको थियो।

मंगलवार नेपाल बङ्गलादेश बैंकको सर्वाधिक ४५ करोड ४७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

यस दिन छ ओटा कम्पनीको शेयरमूल्य ६ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ भने सानिमा लार्ज क्याप फण्डको सर्वाधिक ३ दशमलव शून्य ८ प्रतिशतले मूल्य घटेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.