चीनबाट होइन इटलीबाट फैलिएको थियो कोरोनाभाइरस, महिला थिइन् पहिलो संक्रमित
काठमाडौं। कोरोनाभाइरसको पहिलो संक्रमित मानिस अर्थात ‘प्यासेन्ट जीरो’ को खोजी गरिरहेका विश्व स्वास्थ्य संगठनका अधिकारीहरु अनुसन्धानको क्रममा एक रहस्यमय इटलियन महिलासम्म पुगेका छन् । यी महिलाको त्वचाको नमूनाबाट उनी चीनको वुहानमा संक्रमण फैलिनुभन्दा हप्तौं पहिले कोरोनाभाइरसबाट संक्रमित भएको पाइएको छ ।
२५ वर्षकी यी महिला घाँटी दुख्ने र छालामा घाउ हुने समस्या भएपछि २०१९ को नोभेम्बरमा मिलानको एक अस्पताल गएकी थिइन् । त्यसको एक महिनापछि मात्रै चीनमा कोरोनाभाइरसको पहिलो केस रिपोर्टिङ गरिएको थियो । जनवरीमा प्रकाशित एक शोधपत्रका अनुसार यी महिलाको छालाको सानो नमूनामा भाइरसका ट्रेसेजहरु पाइएको वाल स्ट्रिट जर्नलले जनाएको छ ।
विश्व स्वास्थ्य संगठन नेतृत्वको टोलीका सदस्यहरु यी २५ वर्षकी महिलाको केसले वुहानमा फैलिनुभन्दा पहिल्यै मानिसमा कोरोना थियो भन्ने पुष्टि भएको बताउँछन् र यस विषयमा थप अनुसन्धान आवश्यक रहेको बताउँछन् । अहिलेको सबैभन्दा ठूलो समस्या यी महिलाको पहिचान थाहा नहुनु हो ।
मिलानको पोलिक्लिनिको हस्पिटल र युनिभर्सिटी अफ मिलानले उनको केस हेरेका थिए तर दुवैले महिलाको बारेमा थप जानकारी नभएको बताएका छन् । महिलाको उपचार गरेका डाक्टर राफेले गियानोट्टीको मार्चमा मृत्यु भयो । डब्लुएचओको टोली उनीसम्म पुग्नुभन्दा केही दिन अघिमात्र उनको मृत्यु भएको थियो ।







डिसी नेपाल







Facebook Comment