माधव नेपाललाई भेट्न कोटेश्वर पुगे प्रधानमन्त्री देउवा
काठमाडौं। प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा एमालेका विद्रोही नेता पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग छलफलका लागि उनको निवास कोटेश्वर पुगेका छन्। देउवा सवा ५ बजे नेता नेपाल निवास पुगेका हुन्।
नेता नेपाल समूहकै २६ जना सांसदको समर्थन पाएपछि देउवाले राष्ट्रपति समक्ष सरकार बनाउने दावी गरेका थिए। राष्ट्रपति विद्यादेवी भण्डारीले सो दावी खारेज गरेपछि सर्वोच्च अदालतले सो दावी कार्यान्वयन गर्न परमादेश दिएपछि देउवा प्रधानमन्त्री बनेका हुन्।
प्रधानमन्त्रीको शपथ ग्रहणपछि नेता नेपालसँग यो देउवाको पहिलो भेट हो। यसअघि सोमबार सर्वोच्च अदालतले देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएपछि नेपालकै निवासमा विपक्षी गठबन्धनको बैठक बसेको थियो। सो बैठकमा नेता नेपालले अब आफू गठबन्धनमा नरहेको बताएका थिए।
आइतबार एमालेको विवाद समाधानका लागि कार्यदलले १० बुँदे सहमति पनि गरेको थियो। तर, सर्वोच्चको फैसलापछि सो सहमति नै अन्यौलमा परेको छ। बुधबार बालकोट फर्केपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले नेता नेपालप्रति आक्रोश पोख्दै लाचशरम पचेका भनेका छन्। र उनीसँग पार्टी एकताको सम्भावना नरहेको बताएका छन्। एमालेमा सर्वोच्चको फैसलासँगै नयाँ घटनाक्रम विकास भएका बेला देउवा नेपाल निवास पुग्नुलाई अर्थपूर्ण मानिएको छ।







डिसी नेपाल








Facebook Comment