देउवाले बोलाए पार्टी पदाधिकारी बैठक
फाइल
काठमाडौं। प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारीको बैठक बोलाएका छन्। विहीबार २ बजेका लागि बैठक बोलाइएको काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिब कृष्णप्रसाद पौडेलले जानकारी दिए। बैठकस्थलबारे भने यकिन भइसकेको छैन।
मंगलबारमात्र प्रधानमन्त्री बनेका देउवाले मन्त्रिमण्डमा सहभागी हुने मन्त्रीहरुको नामबारे छलफल गर्न पदाधिकारी बैठक बोलाएका हुन्। बैठकमा सरकारका प्राथामिकताबारे पनि छलफल हुने जनाइएको छ। हाल सरकारमा काँग्रेसबाट दुईजना गृहमन्त्री बालकृष्ण खाँण र कानुनमन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्की सभागी छन्।
यस्तै माओवादी केन्द्रबाट अर्थमन्त्री जनार्दन शर्मा र ऊर्जामन्त्री पम्फा भुसाल सहभागी छन्।
देउवाले मंगलबार सानो आकारको मन्त्रिपरिषद गठन गरेका थिए। अब देउवाले छिटै मन्त्रिपरिषद विस्तार गर्नेछन्।







डिसी नेपाल








Facebook Comment