चिसिँदै ओली–नेपाल सम्बन्ध, एमाले एकता अन्योलमा
काठमाडौं। पार्टीभित्रको विवाद समाधान उन्मुख भएका बेला सर्वोच्च अदालतको फैसलाले केपी शर्मा ओली प्रधानमन्त्रीबाट पदमुक्त भएपछि त्यसको असर एकता प्रक्रियामा पर्ने देखिएको छ।
माधव नेपाल समूहका कारण सरकारबाट हट्नु परेको बुझाइमा रहेका एमाले अध्यक्ष ओलीले पार्टीमा माधव नेपाललाई कुनै ठाउँ नदिने बताएपछि एमाले एकता अन्योलमा पर्ने देखिएको छ।
बुधबार सरकारी निवास बालुवाटार छोडेर निजी निवास बालकोट पुगेका ओलीले कार्यकर्तालाई सम्वोधन गर्दै माधव नेपालले गद्धारी गरेको र उनलाई पार्टीमा कुनै ठाउँ नदिने बाएपछि सहमति उन्मुख भएको एमाले विवाद फेरि बल्झिने देखिएको हो।
पहिलो पटक संसद विघटन गर्दा देखिएको चिसिएको ओली–नेपाल सम्बन्ध ओलीले दोस्रो पटक संसद विघटन गरेपछि उत्कर्षमा पुगेको थियो। ओलीले दोस्रो पटक संसदविघटन गरेपछि नेपाल समूहले आफ्नै पार्टीका प्रधानमन्त्री विरुद्ध हस्ताक्षर गरी विपक्षी दलका नेतालाई प्रधानमन्त्रीमा नियुक्त गर्न माग गर्दै सर्वोच्च अदालतको रिट दायर गरेपछि ओली र नेपालको दूरी बढेको थियो।
सर्वोच्चको फैसला आउनु अघि नै नेपाल पक्षसँग सहमति गरी हस्ताक्षर फिर्ता लिने लगाउने ओलीको प्रयास असफल भएपनि पार्टी भित्रको विवाद समाधान गर्ने भन्दै दुवै समूहबीच दश बुँदे सहमति भएको थियो। तर सर्वोच्चको फैसलाले पदमुक्त भएका ओली पछिल्लो समय नेपालप्रति आक्रोशित छन् र उनले बुधबार नेपाललाई एमालेभित्र ठाउँ नभएको अभिव्यक्ति दिएका हुन्। उनले नेता नेपालले आफ्नो गल्ती स्वीकार गरेर आएपनि पार्टीमा अ नसकिने बताएपछि एमाले एकता अन्योलमा परेको हो।
‘माधव नेपाललाई अब पार्टीमा कुनै ठाउँ छैन, उहाँका हकमा गल्ती कमजोरी स्वीकार गर्ने र आत्मालोचना गर्ने पनि ठाउँ छैन, नेपालका पछाडि लाग्ने अरू व्यक्तिले कमीकमजोरी महसुस गरेर पार्टीको काम गर्न चाहेमा भने पार्टीले ठाउँ दिन्छ,’ उनले भने।
उनले नेपालका कारण नै आफ्नो सरकार ढलेको आरोप पनि लगाए। नेता नेपालले आफ्नो पार्टीले नेतृत्व गरिरहेको विकासप्रेमी सरकार ढालेको उल्लेख गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाको शपथग्रहण कार्यक्रममा गएको प्रति पनि आलोचना गरे ।
ओलीसँग सम्बन्ध चिसिएका नेता नेपाललाई अहिले माओवादी केन्द्र र नेपाली कांग्रेसले आफ्नो गठबन्धनमा राख्ने कसरत सुरु गरका छन्। बुधबार प्रधानमन्त्री शेरबहादुर देउवा नेपाललाई भेट्न उनको निवास कोटेश्वर नै पुगेका थिए।
त्यहाँ प्रधानमन्त्री देउवालले नेपाललाई दल विभाजन सम्बन्धी कानुन ल्याएर पनि नेपाललाई परेको अप्ठेरो फुकाइ दिने आश्वासन दिएका थिए। बुधबार नै नेता नेपाललाई माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पनि भेट गरेका थिए।
पछिल्लो समय नेता नेपाल एमाले नेताहरुसँग भन्दा पनि बढी माओवादी र कांग्रेसका नेतासँग नियमित सम्पर्कमा छन्, जुन कुरा अध्यक्ष ओलीलाई मन गरेको छैन।







डिसी नेपाल








Facebook Comment