लक्ष्मी बैंकको ऋणपत्रमा आवेदन दिने म्याद थप
काठमाडौं। लक्ष्मी बैंक लिमिटेडले वार्षिक साढे ८ प्रतिशत ब्याजदर पाइने ऋणपत्रमा आवेदन दिने म्याद थप गरेको छ। बैंकले असार २८ गतेदेखि १० वर्ष अवधिको ‘८.५० प्रतिशत लक्ष्मी बैंक डिबेन्चर २०८८’ निष्काशन तथा बिक्री खुला गरेको थियो।
उक्त ऋणपत्रमा अब साउन ११ गतेसम्म आवेदन दिन सकिनेछ। बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र निष्काशन गरेको थियो।
सोमध्ये ८० करोड रुपैयाँ बराबरको ८ लाख कित्ता सर्वसाधारणलाई बाँडफाँट गरिनेछ भने बाँकी १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता व्यक्तिगत तवरबाट बाँडफाँट गरिने बैंकले जनाएको छ।
लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ।







डिसी नेपाल








Facebook Comment