खोप लगाउने हवाईयात्रुको संख्या बढ्दो क्रममा

डिसी नेपाल
३१ असार २०७८ ११:४८
564
Shares

काठमाडौं। निजी विमान कम्पनी बुद्ध एयरले गरेको एक सर्वेक्षणमा खोप लगाएका यात्रुहरुको संख्या बढ्दो क्रममा रहेको जनाएको छ। ४२ प्रतिशत यात्रु खोप लगाइसकेका तथा कोभिडलाई जितेर प्राकृतिक प्रतिरक्षा क्षमता विकास भइसकेकाहरु रहेका छन्।

सर्वेक्षण बुद्ध एयरका हवाई उडान हुने सम्पूर्ण गन्तव्यहरु तुम्लिङटार, भद्रपुर, विराटनगर, राजविराज, जनकपुर, सिमरा, भरतपुर, पोखरा, भैरहवा, नेपालगञ्ज, सुर्खेत, धनगढी र काठमाडौंमा गरेका थिए। सर्वेक्षणमा २४,०९३ यात्रुहरुको सहभागिता थियो।

सर्वेक्षणमा खोप लगाए/नलगाएका तथा २०७७ वैशाख यता कोभिड संक्रमण भएका/नभएकाबारे थियो। जसमा ९,६६८ खोप लगाइसकेका यात्रुहरुमध्ये पहिलो खोप लगाउनेको संख्या २,६६४ तथा दुबै खोप लगाउनेहरु ७,००४ जना रहेको छ।

सर्वेक्षणमा खोप नलागएकाहरु १४,४२५ जनामा २९० संक्रमित भएर निको भइसकेकाहरु छन् । अर्थात १४,१३५ जना संक्रमित नभएका यात्रुहरु हुन्।

सेल्स एण्ड मार्केटिङ निर्देशक रुपशे जोशीका अनुसार बुद्ध एयरका सबै कर्मचारीहरु दुबै डोजका खोप लिइसकेका जनाएका छन्। हामी संक्रमणरहित यात्राका लागि प्रतिवद्ध छौं।

बुद्ध एयरसँग १० वटा एटीआर–७२, ३ वटा एटीआर–४२ तथा २ वटा बिचक्राफ्ट जहाज रहेको छ। बुद्ध एयर आन्तरिकतर्फ १३ गन्तव्य र भारतको वाराणसीमा उडान भर्ने गरेको छ। कोभिडका कारण हाल वाराणसी उडान स्थथित रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.