नेपाल पर्यटन बोर्डले तयार पार्‍याे प्योर एज प्याराडाइज

डिसी नेपाल
३१ असार २०७८ १२:५५
88
Shares

काठमाडौं। नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशले नेपालकै सबैभन्दा सुन्दर, रमणीय र आकर्षक गन्तव्य पोखराको पर्यटकीय ब्रान्ड पोखरा,प्योर एज प्याराडाइज तयार गरेको छ। बोर्डले विगतको पर्यटकीय ब्रान्ड पेरडाइज पोखराको परिर्माजित ब्रान्डको रुपमा पोखरा, प्योर एज प्याराडाईज तयार गरेको हो।

नेपालका विभिन्न पर्यटीय गन्तव्यहरुलाई ब्राण्डिङ गर्दै लैजाने योजना अनुरुप बोर्डले पोखराको पनि ब्राण्ड बनाएको पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा.धनञ्जय रेग्मीले जानकारी दिए। उनले गन्तव्यलाई सरल र स्पष्ट रूपमा बुझ्न पर्यटकीय गन्तव्यको ब्राण्डिङ आवश्यक्ता महशुस गरी ब्राण्डिङको शुरुवात गरिएको बताए।

‘कुनै पनि पर्यटकीय गन्तव्यहरुको आफ्नै पहिचान हुन्छ, त्यसको आफ्नै विशेषता हुन्छ। ती विशेषतालाई समेट्दै ब्राण्डिङ गर्दा पोखरालाई थप आकर्षक गन्तव्य बनाई राष्ट्रिय एवं अन्तर्राष्ट्रिय रूपमा चिनाउन थप बल सहयोग पुग्ने छ। हामीले यो प्रयास गरेका छौं। विस्तारै अन्य गन्तव्यको पनि ब्राण्डिङ गर्दै लगिने छ।’ उनले भने। बोर्डले यसको शुरुवात गौतमबुद्धको जन्मस्थल लुम्बिनीबाट गरेको थियो।

ब्राण्ड तयार गर्ने विज्ञ फर्मको प्राविधिक सहयोगमा तयार गरिएको पर्यटकीय ब्रान्डलाई पोखराका सरोकारवालाहरु माझ विभिन्न चरणमा प्रस्तुत गरि उनीहरुबाट राय तथा सुझावहरु संकलन गरी नयाँ पर्यटकीय ब्रान्डलाई अन्तिम रुप दिइएको बोर्डका निर्देशक तथा गण्डकी प्रदेश प्रमुख काशीराज भण्डारीले जानकारी दिए।

कोभिड–१९ ले अत्यन्त प्रभावित भएको नेपालको पर्यटनलाई कोभिड–१९ को प्रभाव कम भएपछि पोखराको नयाँ पर्यटकीय ब्रान्डलाई आन्तरिक तथा बाह्रय पर्यटन बजारमा नयाँ उर्जाका साथ प्रवर्धन गर्नका लागि सरकारी तथा निजि क्षेत्र, संचारकर्मीहरु लगायतका सबै सरोकारवालाहरुको साथ मिल्ने नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेशले अपेक्षा राखेको समेत उनले बताए।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.