एमाले अध्यक्ष ओलीले बाेलाए संसदीय दलकाे बैठक

डिसी नेपाल
३१ असार २०७८ १५:२०
880
Shares

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएका छन्। ओलीले शुक्रबार दिउँसो तीन बजे बैठक बोलाएको एमाले प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए।

‘नेकपा एमाले संसदीय दलको बैठक शुक्रबार दिउँसो तीन बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने तय भएको छ,’ भट्टराईले डिसी नेपालसँग भने, ‘संसद अधिवेशनमा कसरी जनमुखी भएर प्रस्तुत हुने लगायतका विषयमा बैठकमा छलफल हुनेछ।’

दलको बैठकमा सहभागी हुन सबै सांसदलाई म्यासेज गरिएको छ भने प्रमुख सचतेक भट्टराईले सबैलाई फोन गरेर बैठक बस्ने जानकारी दिएका छन्।

शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने २३ जना सांसदलाई पनि बैठकमा बोलाइएको छ। प्रधानमन्त्रीबाट हटेपछि अ‍ोलीले पहिलो पटक दलको बैठक बोलाएका हुन्।

सर्वोच्च अदालतको आदेशबाट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेका छन् भने प्रतिनिधिसभा पुनःस्थापना भएको छ। संसद अधिवेशन साउन तीन गते सुरु हुँदैछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.